Ad Area

सभापती देउवासहित नेताहरूसंग मन्त्री न्यौपानेको भेट


घोराही, १२ साउन । लुम्बिनी प्रदेशका मन्त्री प्रचण्डविक्रम न्यौपानेले काङ्ग्रेस सभापति शेरबहादुर देउवा सहित काङ्ग्रेस नेताहरु संग भेटघाट गरेका छन् । शनिबार मन्त्री न्यौपानेले काङ्ग्रेस सभापती शेरबहादुर देउवालाइ उनको निवास बुढानिलकण्ठमा भेट गरे ।

भेटका क्रममा सभापती देउवाले सरकारका कामकारबाही चुस्त रुपमा गर्न सुझाव दिए । प्रदेशको औचित्य पुष्टिका लागि प्रदेश सरकारले प्रभावकारी रुपमा काम गर्नु पर्ने भन्दै सभापति देउवाले प्रदेश बासीलाइ सरकार प्रतिको अपनत्व बोध गराउन मन्त्रीको भुमिका महत्वपुर्ण रहने बताए ।


जनताका आवस्यकता पूरा गर्न सधैं कृयाशिल बनेर काम गरिनु पर्ने भन्दै सभापति देउवाले मन्त्री न्यौपानेलाइ त्यो कृयाशिलता कायम राखेर काम गर्न सुझाव समेत दिए । साथै देउवाले मन्त्री नियुक्त न्यौपानेलाइ बधाइ तथा शुभकामना समेत ब्यक्त गरेका थिए ।

सभापती देउवा संगको भेटमा मन्त्री न्यौपानेले प्रदेश बासीलाइ सरकारको अनुभुती दिलाउने गरि काम गर्ने बताएका थिए । यसैगरी मन्त्री न्यौपानेले काङ्ग्रेस महामन्त्री गगन थापा संग पनि भेट गरेका छन । महामन्त्री थापाले पनि प्रदेशबासीको हितका लागि सकृय भएर काम गर्न मन्त्री न्यौपानेलाइ आग्रह गरेका थिए ।

यसैगरी काङ्ग्रेस नेता चन्द्र भण्डारी, बालकृष्ण खाँडले पनि प्रदेश मन्त्री न्यौपानेलाइ बधाइ तथा शुभकामना दिँदै प्रदेश बासीलाई प्रदेश सरकारको अनुभुती हुने गरि काम गर्न सुझाव दिएका थिए ।

Blog Post Ad

यसैगरी मन्त्री न्यौपानेले काङ्ग्रेस केन्द्रिय सदस्य दीपक गिरि, लुम्बिनी प्रदेश सभापती अमरसिंह पुन संग समेत भेट गरेका छन् । मन्त्रीको सपथ लिए पछि काठमाडौं पुगेका मन्त्री न्यौपानेले राजनितिक तथा पारिवारिक भेटघाट गरिरहेका छन् । उनले काङ्ग्रेस नेताहरुलाइ भेट गरि धन्यवाद ज्ञापन गरिरहेका छन् ।

Blog Post Ad Blog Post Ad