Ad Area

गुडिरहेको ट्रकमा एक्कासि आगो लागेपछि….


घोराही, १३ साउन । दाङमा गुडिरहेको ट्रकमा आफै आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आँफै आगलागी भई जलेर नष्ट भएको हो ।

आइतवार विहान लमही नगरपालिका–९ चाउखोला नजिकको जंगल क्षेत्रमा गुडिरहेको समयमा करिव ४ः२५ बजेको समयमा ट्रकमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभएको छ ।

प्रराम्भीक अनुसन्धानका क्रममा चलिरहेको गाडीमा आफै आगो लागेको भन्ने देखिएको भन्दै प्रहरी उपरीक्षक केसीले भन्नुभयो,‘वायरिङ सर्ट भएर आगो लागेको भन्ने छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाले छ ।’ ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

प्रहरी उपरीक्षक केसीका अनुसार ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा आगो निभाउन प्रयास गर्दा कञ्चनपुर जिल्ला कृष्णनगर नगरपालिका–२ निवासी ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएका छन् ।

ट्रकमा आगो लागेको खबर पाउनासाथ राजमार्ग अन्तर्गत पर्ने अस्थायी पोष्ट रिहार दाङबाट प्रहरी नायव निरीक्षक माधव रावतको कण्माडमा पाँच जनाको टोली घटनास्थल खटिएको थियो । आगलागीबाट ट्रकको इञ्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार खाली ट्रक लमहीस्थित सिमेन्ट उद्योगबाट सिमेन्ट लिनका आउँदै गरेको थियो । चालक प्रहरीको नियन्त्रणमा छन्।

Blog Post Ad Blog Post Ad

Blog Post Ad