Ad Area

आधारभूत विद्यालय गिठेपानीमा अभिमुखीकरण


घोराही, १३ साउन ।

घोरारी १८ गिठेपानीस्थित आधारभूत विद्यालय गिठेपानीले आफ्ना अभिभावकहरुलाई अभिमुखीकरण गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश वलीको अध्यक्षता तथा शिक्षक अभिभावक संघका अध्यक्ष सूर्यबहादुर जिसीको प्रमुख आतिथ्यमा शनिबार एक कार्यक्रम गरी अभिभावकहरुलाई शिक्षाको महत्व र बालबालिकाहरुको पठनपाठन तथा हेरचाहका बारेमा अभिमुखीकरण गरिएको हो ।

बालबालिकाहरुको हेरचाहमा अभिभावकले सही रुपमा ध्यान नदिँदा उनीहरु गलत संगतमा लाग्ने र भविष्य बिगार्ने जोखिम बढ्दै गएको हुँदा शिक्षाको महत्व बारे अभिमुखीकरण गरिएको विद्यालयले जनाएको छ । उपस्थित अभिभावकलाई घनश्याम आचार्य र प्रमोद धितालले अभिमुखीकरण गर्नुभएको थियो ।

बालबालिकाहरुको शिक्षादिक्षामा विद्यालयले लिएको चासोलाई अभिभावकहरुले पनि चासो लिएर काम गरेमा गरिएको मेहनतले सही परिणाम दिने हुँदा अबका दिनमा जिम्मेवार अभिभावकको भुमिकामा रहनसमेत सचेत गराईएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक गिरीप्रसाद भट्टराईले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad