Ad Area

यमुना स्मृति कप फुटसलको उपाधी गोरखा तुलसीपुरलाई


लक्ष्मण बस्नेत
दाङ, १३ साउन । यमुना स्मृती कप ईन्टर स्कुल फुटसल प्रतियोगिता २०८१ को उपाधी गोरखा माबी तुलसीपुरले जितेको छ ।

समस्त यमुना परिवार तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको आईतवार सम्पन्न कडा प्रतिस्पर्धा अनि रोमाञ्चक फाईनल खेलमा तुलसी बोर्डिङ स्कुललाई ५-३ गोलको अन्तरले पराजित गर्दै गोरखा माबी तुलसीपुरले उपाधी जितेको हो ।

उपाधीसंगै उसले नगद ४० हजार, कप,मेडल,प्रमाणपत्र हात पार्‍यो । फाईनलमा सम्माजनक हार ब्यहोरेको तुलसी बोर्डिङ स्कुल उपबिजेतामा सिमित रहदै नगद २० हजार,कप,मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएको समस्त यमुना परिवारका सदस्य सुरज घर्तिमगरले जानकारी दिनु भएको छ ।

यसैबिच प्रतियोगिताको समापन समारोह समस्त यमुना परिवारका सदस्य स्वर्गीय यमुना डागीकी छोरी पुजा डागी घर्तिमगरको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्य एवं डिलाईट ग्रुपका सिईओ मोहन भन्डारी, नेपाल राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश खेलकुद बिभाग प्रमुख दिपक केसीको विशिष्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा प्रतियोगिताका बिजेता बिधालय गोरखा माबी, उपबिजेता बिधालय तुलसी बोर्डिङ,खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ बेष्ट प्लेयर खेलाडी तुलसी बोर्डिङ स्कुलका तिलक बुढामगर,हाई स्कोरर हिमाल एकेडेमी तुलसीपुरका मनिष केसी,वेष्ट किप्पर गोरखा माबी तुलसीपुरका सुशान्त चौधरी र राईजिङ प्लेयर माबी तुलसीपुर सेन्टरका सुमन कवर लाई पुरस्कार, कप,मेडल तथा प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट अतिथी लगाएतले प्रदान गर्नु भएको थियो ।

कार्यक्रमको संचालन दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले गर्नु भएको थियो । २०७७ साल साउन ४ गते स्वर्गीय हुनु भएकी यमुना डागिको स्मृतिमा आयोजित प्रतियोगितामा जिल्लामा स्थापित सामुदायिक तथा संस्थागत बिधालयका गरि १२ टिमको सहभागिता रहेको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad