Ad Area

सहयोग हस्तान्त्रण तथा अभिभावक अभीमुखीकरण कार्यक्रम


घोराही, १७ साउन ।रोल्पाली सेवा समाजले आज सहयोग हस्तान्त्रण तथा अभिभावक अभीमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका केन्द्रिय अध्यक्ष दिलाराम ओलीको अध्यक्षता तथा रोल्पा त्रिवेणी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष देउराम घर्ती मगरको प्रमुख आतिथ्यता एवं नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दर्जित रोका मगरको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

रोल्पा त्रिवेणी गाउँपालिका वडा नम्बर १ करेतिका खुम बहादुर घर्ती विगत १४ वर्ष देखी प्यारालाइसिस रोगबाट पिडीत भएको हुँदा उहाँलाई औषधी उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले रोल्पाली सेवा समाजले सहयोग हस्तान्त्रण गरेको हो।

आज एक औपचारिक कार्यक्रम गरि दुई लाख रुपैँया घर्तीलाई सहयोग हस्तान्त्रण गरिएको हो । कार्यक्रममा समाजका सल्लाहकार शक्तिराम डाँगी, करेटिका अध्यक्ष केशव घर्ती, समाजशेवी नरेन्द्र डाँगी, मेडिकल ल्याव एसोसीएसन नेपाल रोल्पाका अध्यक्ष तिलक ओली लगाएतले बोल्नु भएको थियो ।

त्यसअबसरमा मोटिभेसनल प्रतिक्षा गौतमले कार्यक्रममा सहभागिहरुलाई विभिन्न विषयमा अभिमुखीकरण गराउनुभएको थियो । रोल्पाली सेवा समाज दाङका अध्यक्ष ओम प्रकाश खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव घनस्याम गिरीले गर्नुभएको थियो

Blog Post Ad Blog Post Ad

Blog Post Ad