Ad Area

खानेपानी योजना सञ्चालनमा आउँदा, स्थानीयलाई सहजता


घोराही, १७ साउन । दाङको बंगलाचुली गाउँपालिका–६ ठुलो बचेनिमा छ बर्षपछि खानेपानीको योजना सञ्चालनमा आएको छ । लामो समयदेखि अलपत्र परेको खानेपानी आयोजना सञ्चालनमा आएसँगै स्थानीयलाई खानेपानीका लागि सहजता भएको हो ।

छ बर्षअघि खानेपानी आयोजना निर्माण भएपनि विगत तीन बर्षदेखि बन्द रहेको थियो । तर अहिले मर्मत सम्भारपछि मंगलवारदेखि सञ्चालनमा आएको हो । खानेपानी डिभिजन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा योजना निर्माण भएपछि खानेपानीका लागि स्थानीयलाई सहजता भएको छ ।

अहिले स्थानीय खानेपानी उपभोक्ता समिति, स्थानिय जनप्रतिनिधि, वडा कार्यालय, बंगलाचुली गाउँपालिका, खानेपानी डिभिजन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा मर्मत गरिएपछि अलपत्र खानेपानी योजना पुनः सञ्चालनमा आएको बंगलाचुली गाउँपालिका–६ का वडा सदस्य हिमाल महराले जानकारी दिएका छन ।

 

गाउँमा खानेपानीको व्यवस्था नहुँदा गर्मी समयमा स्थानीयलाई ट्याङ्करबाट किनेर पानी पिउनुपर्ने बाध्यता थियो । त्यही बाध्यतालाई हटाउनका लागि स्थानीवासी, वडा कार्यालय,बंगलाचुली गाउँपालिका र डिभिजन खानेपानी कार्यालयको सहयोगले पुनः सञ्चालनमा आएको बताउनुभयो ।

Blog Post Ad

योजना सञ्चालन भएसँगै वडा नम्बर ६ का करिव ६६ घर परिवारलाई खानेपानीको सहजता भएको छ । लिफ्टिङ गरिएको पानी हाललाई १२ वटा धारा मर्मत उपभोक्ताहरुलाई वितरण गरिरहेको उपभोक्ता समितिका अध्यक्ष रेवती बुढाले जानकारी दिएकी छिन ।

अलपत्र योजनालाई पुनः सञ्चालनमा ल्याउन सफल आफुहरु लामो समयदेखि लागी पररिरहेको बताउदै आगामी दिनमा लिफ्टिङ विधि मार्फत उपभोक्ताहरुलाई बाह्रै महिना पानीको सुविधा पुर्र्याउन थप पहलकदमी अगाडी बढाउने बंगलाचुली गाउँपालिका–६ का अध्यक्ष डोमबहादुर केसीले जानकारी दिएका छन् । निर्वाचनमा जनतासँग गरेको प्रतिवद्धता अनुसार वडाले गाउँपालिका र खानेपानी डिभिजन कार्यालयसँग समन्वय गरेर योजना सञ्चालनमा आएको बताएका छन् ।

 

Blog Post Ad Blog Post Ad