Ad Area

लुम्बिनीमा मन्त्रीहरुको जिम्मेवारी तोकियो


घोराही, १८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीहरुको कार्यविभाजन गर्नुभएको छ । नेपाली कांग्रेस र एमालेका बिच भएको सहमती अनुसार मुख्यमन्त्री आचार्यले शुक्रवार बिनाबिभागीय मन्त्रीहरुलाई जिम्मेवारी प्रदान गर्नुभएको हो ।

जसअन्तर्गत कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा सरोज थापा, वन तथा वातावरण मन्त्रीमा बादशाह कुर्मी, उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा प्रचण्डविक्रम न्यौपानेले जिम्मेवारी पाउनुभएको छ ।

त्यसैगरी एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा दिनेश पन्थी, स्वास्थ्य मन्त्रीमा खेम सारु र ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रीमा सीता शर्मा चौधरीले जिम्मेवारी पाउनुभएको मन्त्री प्रचण्डबिक्रम न्यौपानेले जानकारी दिनुभएको छ ।

१२ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा एमालेले मुख्मन्त्रीसहित ५, कांग्रेसले ५ र दुई साना दललाई दिने तयारी रहेको छ । साना दलबाट नागरिक उन्मुक्ति पाटी र लोकतान्त्रिक समाजवादी पाटी सरकारमा सहभागी हुने सम्भावना रहेको छ । सोही अनुसार मुख्यमन्त्री आचार्यले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी आफैंले राख्नुभएको छ । साउनको ९ गते मन्त्रहरुले सपथ ग्रहण गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad