Ad Area

नगर स्कुलस्तरीय हाप्किडो च्याम्पियनसिपमा गोरखालाई तेश्रो स्थान


घोराही, २० साउन । घोराहीमा नगर स्कुलस्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ म गोरखा डोजाङ तेश्रो भएको छ ।

घोराही नगर हाप्किडो संघको आयोजनामा यहि साउनको १८ र १९ गते घोराहीमा भएको नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिपमा १५ पदकसहित तेश्रो स्थान लिन सफल भएको हो ।

प्रतियोगितामा गोरखाले पाँच स्वर्ण, तीन रजत र सात काश्य पदक जित्न सफल भएको गोरखा डोजाङका प्रमुख प्रशिक्षक विशाल थापाले जानकारी दिएका छन् । प्रतियोगितामा महिलातर्फ गोरखा डोजाङका खेलाडी रेश्मा बुढामगर र उत्कृष्ठ प्रशिक्षकमा गोरखा डोजाङकै प्रमुख प्रशिक्षक विशाल थापा हुन सफल भएका छन् ।

बिजयी खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाण प्रदान गरिएको थियो । दुई दिनसम्म चलेको प्रतियोगितामा घोराही क्षेत्रका ३२ बढी डोजाङका चार सय बढी खेलाडीहरुको सहभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad