Ad Area

विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालका चन्द्रलाई रजत पदक


दाङ,२० साउन । विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालका खेलाडी चन्द्रबहादुर बोहराले रजत पदक जितेका छन् ।

थाईल्याण्डमा आयोजना भईरहेको विश्व हाप्किडो च्याम्पियनसिपमा खेलाडी बोहोराले रजत पदक जित्न सफल भएका हुन । ५०–५५ केजी तौल समुहमा प्रतिस्पर्धामा गरेका बोहराले थाईल्याण्डका खेलाडीसंग फाईनलमा पराजित हुँदै रजत पदकमा लिएका हुन ।

त्यसैगरी प्रतियोगितामा आज आइतवार नेपाली खेलाडी मेग्मा गुरुङको फाईनल, खेलाडी राजेन्द्र तामाङ र ईमा थापाको सेमिफाईनलका लागि प्रतिष्पर्धा गर्न थालेको नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीले जानकारी दिनुभएको छ ।

प्रतियोगीता साउनको १७ गतेदेखि थाईल्याण्डको नन्थावुरी स्टेडियममा आयोजना सुरु भएको थियो । प्रतियोगिता आयोजना सकिदैछ । विश्व हाप्किडो च्याम्पियनसिमा नेपालका ६ जना खेलाडीले सहभागीता जनाएका छन् ।

Blog Post Ad Blog Post Ad