Ad Area

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आफन्तद्वारा सडक अवरुद्ध


घोराही,२० साउन । दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० सौरीकुलामा शनिबार साँझ भएको दुर्घटनामा घोराही उपमहानगरपालिका–९ मछाही निवासी ३९ बर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको होे ।

दुर्घटनामा गम्भीर घाइते बस्नेको उपचारका क्रममा राती राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ ।
घोराहीबाट तुलसीपुरतर्फ जादै गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा बस्नेतको मृत्यु भएको हो । मृत्युपछि दोषीलाई कारवाही र पीडितलाई कारवाहीको माग गर्दै पीडितका आफन्तहरुले घोराही–तुलसीपुर सडक अवरुद्ध गरेका छन् ।

जसका कारण घोराही–तुलसीपुर सडकखण्डमा सवारी साधन चल्न सकेको छैन । प्रहरीले पश्चिम नवलपरासी निवासी टिप्पर चालक शिवबहादुर क्षेत्रीलाई नियन्त्रणमा लिएर घट्ना बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad