Ad Area

युनिटी डोजाङ बन्यो घोराही नगर स्कुल स्तरीय हाप्किडोकाे च्याम्पियन


घोराही, २० साउन । दाङको घोराहीमा सम्पन्न घोराही नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिपमा २०८१ मा युनिटी डोजाङ प्रथम भएको छ ।

घोराही नगर हाप्किडो संघको आयोजना तथा दाङ जिल्ला हाप्किडो संघको सहकार्यमा भएको घोराही नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप २०८१ को च्याम्पियन युनिटी डोजाङ भएको हो ।

साउन १८ र १९ गते दुई दिन घोराहीमा ३२ बढी डोजाङका चार सय बढी खेलाडीहरुको सहभागीता भएको च्याम्पियनसिपमा गोग्ली डोजाङ द्वितीय हुँदा गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल डोजाङ तृतीय भयो ।

यसैगरी, प्रतियोगिताको बेस्ट फाईटरमा महिलातर्फ गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल डोजाङकी रेशमा बुढा मगर, बेस्ट फाइटरमा पुरुषतर्फ बालविकास माध्यमिक विद्यालयका महेश बुढा मगर, अनुशासित खेलाडीमा पुरुषतर्फ जनभावना ईंग्लिस बोर्डिङ स्कुलका दिवस पुन मगर र अनुशासित खेलाडीमा महिलातर्फ अन्नपूर्ण आवासीय माविकी ज्योति शेर्पाली हुनुभएको छ ।

च्याम्पियनसिपमा बेस्ट रेफ्री पुरुषतर्फ गोर्खा डोजाङका विशाल थापा, बेस्ट रेफ्री महिलातर्फ युनिटि डोजाङकी एलिशा खड्का हुनुभएको छ । प्रतियोगिताको जुरीमा हिरा राणा मगर, महेश गुरुङ र समीर गुरुङ रहनु भएको थियो ।

Blog Post Ad

महिला र पुरुष दुवैतर्फ १६–१६ वटा तौल समूहमा खेलाडीहरुले प्रतिस्पर्धा गरेको च्याम्पियनसिपमा प्लस २०, २०–२४, २४–२८, २८–३२,३२–३६, ३६–४०, ४०–४४, ४४–४८,४८–५२, ५२–५६,५६–६०, ६०–६४, ६४–६८,६८–७२, ७२–७६ र ७६–८० तौल समूहमा खेलाडीले भाग लिएका थिए ।

यस्तै सेल्फ डिफेन्स÷डेमोष्ट्रेशन, हाईफल, लङफल र विपन टेक्निकमा फ्रि तौलमा पनि प्रतिस्पर्धा भएको कार्यक्रम संयोजक रुपाकुमारी बुढा मगरले जानकारी दिनुभयो ।

यसैबीच, घोराही नगर हाप्किडो संघको आयोजनामा भएको च्याम्पियनसिप शनिबार समापन गरिएको छ । कार्यक्रम संयोजक रुपा बुढा मगरको अध्यक्षता तथा घोराही नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष भानसिं बुढा मगरको प्रमुख आतिथ्य एवम् प्रमोद बुढा मगर, गणेश घर्ती मगरको विशिष्ट आतिथ्यमा प्रतियोगिता समापन गरिएको हो ।

जिल्लामा खेलकुदलाई चलायमान बनाउन र खेलाडीहरुको क्षमता विकास गर्ने उद्देश्यले भएको हाप्किडो च्याम्पियनसिमा विजयी डोजाङसहित खेलाडीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथिबाट प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

Blog Post Ad Blog Post Ad