Ad Area

कीर्तिपुरको दर्शन सहकारीका अध्यक्षको घरमा संघर्ष समितिका संयोजकबाटै आगजनीको प्रयास


काठमाडौं,२० साउन । कीर्तिपुर नगरपालिका नगाउँस्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश दर्शनधारीको निवासमा बचत फिर्ता संघर्ष समितिका संयोजकले आगजनिको प्रयास गरेका छन् ।

दर्शन सहकारीका अध्यक्ष दर्शनधारीको कीर्तिपुर वडा नं.३ मा रहेको निवासमा सहकारी बचत फिर्ता संघर्ष समितिका संयोजक कञ्चन महर्जनले शुक्रबार बिहानै आगजनिको प्रयास गर्नुका साथै तोडफोड गरेका हुन ।

अध्यक्ष दर्शनधारी घरमा नभएको मौकाछोपि बिहानै घरमा पुगेका संयोजक महर्जनले परिवारका सदस्यलाई अपशब्द प्रयोग गर्दै तोडफोड गर्नुका साथै गेटमा आगजनी गरेका थिए । घटना लगत्तै संयोजक महर्जनलाई कीर्तिपुर प्रहरीले पक्राउ गरेको थियो ।

दर्शन सहकारीका उपाध्यक्ष तारा तुलाधरले एक विज्ञप्ती जारी गर्दै संस्थागत विषय कार्यालय समयमा संस्थाकै कार्यालयमा आएर छलफलको माध्ययमबाट समाधन गर्न सकिने भएपनि बचत फिर्ताका संयोजक महर्जनबाटै यस्तो घृणित कार्यको घोर भत्सना गर्दै कडा कारबाहिको माग गरिएको छ ।

उपाध्यक्ष तुलाधरले जारी गरेको विज्ञप्तीमा सहकारीले बागमती प्रदेश सहकारी रजिष्टारको कार्यालयमा बचतफिर्ताकालागि बुझाएको योजना अनुरुप साना बचतकर्ताको रकम दुई महिना अघिबाटै फिर्ता गरिरहेको उल्लेख छ ।

यस्तो अबस्थामा सहकारी संस्थालाई थप चलाएमान बनाउनुपर्नेमा सञ्चालक र बचतकर्ताको मनोवल घट्नेगरि भएको घटनाको निश्पक्ष छानविनगरि घटनामा संलग्नलाई तत्काल कारबाही गर्न विज्ञप्तीमा मार्फत माग गरिएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad