Ad Area

नेपाल तरुण दल दाङ क्षेत्र नं १ ले बृहत तरुण प्रशिक्षण गर्ने


दुखहरण यादव

लमही,२० साउन। नेपाल तरुण दल दाङ क्षेत्र नं १ को क्षेत्रीय बैठकले बृहत तरुण प्रशिक्षण गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।

नेपाल तरुण दल दाङ क्षेत्र नं १ का क्षेत्रीय सभापति किरणबिक्रम शाहको सभापतित्वमा बसेको बैठकले बिभिन्न कार्ययोजनासहित बैठक सम्पन्न गरेको छ ।

शाहको अध्यक्षतामा आईतवार बसेको बैठकले भदौको पहिलो साता बृहत तरुण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । नेपालि काङ्ग्रेसको निति सिद्धान्तलाइ आत्मसात गर्दै क्षेत्रनं १ मा बृहत तरुण सम्मेलन तथा प्रशिक्षण गरेर जुझारु तरुण तयार गर्ने उद्देश्यको साथ सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको सभापति शाहले बताएका छन ।

त्यसै गरि समितिले तरुण दल चलायमान र गतिशिलको लागि पालिका र वडा तहमा नेपाल तरुणदलको समिति बिस्तारको लागि पालिका स्तरिय तरुण दललाइ निर्देश गर्नुको सातै सोको गतिबिधि प्रतिबेदन नियमितरुपमा क्षेत्रमा पेश गर्ने निर्णय गरिएको छ ।

त्यसै गरि समितिको बैठकले स्थानीय निकायमा हुनसक्ने अनियमितता नियन्त्रण पारदर्शिता र सुशासन कायम गर्नको लागि बिधि प्रक्रिया निति अनुसार काम कार्वाही भएनभएको विषयमा खबरदारी गर्ने पनि निर्णय गरेको छ ।

Blog Post Ad

नेपाल तरुणदल क्षेत्रीय समितिलाई चुस्त र गतिशिल बनाउन ग्रासरुट लेबलदेखि तरुण दलप्रति आकर्षण गर्ने योजना बनाउने, अन्य पार्टीका युवा भन्दा बढि सक्रिय, समर्पित उर्जावान बनाउने पार्टी पंक्तिमा निति र बिधान अनुसार काम गर्न अनुरोध गर्दै सबै युवा एक जुट हुन शाहले आनुरोध गरे।

तरुणदलका क्षेत्रीय उपाध्यक्ष हरिबहादुर पुनको स्वागत मनत्व्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव रमेश खड्काले गरेका थिए ।

Blog Post Ad Blog Post Ad