Ad Area

दाङमा जीप दुर्घटना, एक जनाको मृत्यु


घोराही, २० साउन । दाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

तुलसीपुरदेखि सल्यानको पिङखोला जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आइतवार साँझ साँढे ६ बजेतिर शान्तिनगर गाउँपालिका–१ हाडीचारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिएको छ ।

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसा दुर्घटनामा सल्यान जिल्ला त्रिबेणी गाउँपालिका–३ टोटके निवासी करिव ५० बर्षीय यामबहादुर केसीको मृत्यु भएको छ । जीपमा सवार अन्य आठ जना रहेको उनीहरुको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।

 

Blog Post Ad Blog Post Ad