Ad Area

अनेम संघ दाङद्वारा सिँचाई मन्त्री चौधरीलाई सम्मान


घोराही, २२ साउन । अखिल नेपाल महिला संघ दाङ जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक बधाई तथा शुभकामना कार्यक्रम दाङको घोराहीमा सम्पन्न भएको छ ।

अखिल नेपाल महिला संघका अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षता तथा केन्द्रीय सदस्य तुलसा केसीको प्रमुख आतिथ्यमा मंगलबार कार्यक्रम गरि लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री सीता चौधरीलाई सम्मान गरेको थियोे ।

सो अवसरमा प्रमुख अतिथि केसीले महिलाहरु एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो । अनेसंघले अग्रजलाई सम्मान गर्ने काम गरेकोमा खुशी व्यक्त गर्दै पाएको सम्मानलाई सही रुपमा उपयोग गर्न आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशका नवनियुक्त उर्जा जलस्रोत तथा सिचाई मन्त्री सीता चौधरीले सबै महिला मिलेर काम गर्ने र असल काम गरेर देखाउने बताउनुभयो । प्रदेशको आफू मन्त्री भए पनि सबैको साथ सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

केन्द्रीय अनुशासन आयोगका सदस्य सरस्वती गौतमले अनेम संघमा रहेका पदाधिकारीले आफुले पाएको जिम्मेवारी राम्रोसँग पालना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रम केन्द्रीय सदस्य सीता सिग्देल न्यौपानेले महिलाहरु सबै ठाउँमा काम गर्ने क्षमता भएको बताउनुभयो । कार्यक्रममा अनेम संघ दाङका उपाध्यक्ष युवा करारा, नेकपा एमाले जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी, सचिव श्याम डाँगी लगायत बोल्नुभएको थियोे । अनेम संघ जिल्ला उपाध्यक्ष सोबिकुमारी खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पशुपती चौधरीले गर्नुभएको थियोे ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad