Ad Area

खुला पुरुष भलिबल प्रतियाेगिता हुने


लक्ष्मण बस्नेत
दाङ, २३ साउन। दाङको तुलसीपुरमा खुला पुरुष भलिबल प्रतियाेगिता-२०८१ हुने भएको छ ।

फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङकाे आयोजनामा अरनिको खेल मैदान तुलसीपुरमा संचालन हुने प्रतियोगिता आउदो भदौ १३ गतेदेखि सुरु हुनेछ ।

नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङलगाएत अन्य जिल्लाका १५ बढी टिमको सहभागिता रहने आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु यरीले जानकारी दिनु भएको छ ।

३ दिनसम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार,कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद ३० हजार र १५ हजार रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिने यरीले बताउनुभयो ।

त्यस्तै प्रतियाेगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फका खेलाडीलाई पुरस्कृत गरिनेछ । जसअनुसार बेष्ट प्लेयर, बेष्ट सेटर, वेष्ट सर्भर, वेष्ट स्पाइकर र वेष्ट लिब्रोलाई ट्रफि तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसैबीच आयोजक फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरले प्रतियोगिताको तयारी लाई तिब्र पारेको जानकारी दिएकोछ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad