Ad Area

प्रदेशको औचित्य पुष्टिका लागि पर्यटन बिकास प्राथमिकतामा : मन्त्री न्यौपाने


घोराही,२३ साउन । लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले प्रदेशको औचित्य पुष्टिका लागि प्रदेशको पर्यटन बिकासलाइ प्राथमिकतामा राखेर काम गरिने बताएका छन् ।

प्रदेशको पर्यटन क्षेत्र आर्थिक बिकासको बलियो आधार रहेकाले पर्यटन बिकासमा सरकारले जोड दिने बताए । नेपाली काङ्ग्रेस दाङ २(ख) ले गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले प्रदेशको औचित्य माथी प्रश्न उठिरहेको भन्दै यो औचित्य पुष्ट्याइको प्रमुख आधार भनेकै पर्यटन क्षेत्र रहेको बताए ।

“अहिले प्रदेशको औचित्य माथी विभिन्न खाले प्रश्न हरु उब्जिएका छन “,मन्त्री न्यौपानेले भने, “प्रदेशको औचित्य पुष्टि गर्नका लागि प्रदेशको समृद्धि अपरिहार्य हो, प्रदेशको समृद्धी पर्यटन बिकासबाट सम्भव हुन्छ । ”

यसैगरी यातायात क्षेत्रमा भएका बेथिती अन्त्यका लागि आफुले काम गर्ने समेत बताए । यसैगरि मन्त्री न्यौपानेले लुम्बिनी प्रदेशमा उद्योग दर्ता गर्ने भन्दा उद्योग बन्द हुने क्रम बढेको भन्दै मन्त्री न्यौपानेले उद्योग क्षेत्र धरासायी बन्नुको कारण खोजी गरिने बताए । साथै उद्योग क्षेत्र लाई धरासायी हुन बाट जोगाउन उद्योग मैत्री वातावरण प्रदेश सरकारले निर्माण गर्ने समेत मन्त्री न्यौपानेको भनाइ छ ।

काङ्ग्रेस दाङ २९ख० का सभापती अभियान बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा काङ्रेस महासमिती सदस्यहरु पृथ्वी चौधरी,गोमा रावत, क्षेत्र नम्बर २ का सभापती भिम प्रकाश खड्का, घोराही नगर सभापती तिलक रावत, घोराहे ९ का वडा सभापती महेन्द्र दहाल, काङ्ग्रेस २ (ख) का उपसभापति शरद समीप लगाएतले धारणा राखेका थिए ।

कार्यक्रमको सहजीकरण काङ्ग्रेस २(ख) का सचिव तिलक केसीले गरेका थिए । यसैबिच मन्त्री न्यौपानेले तुलसीपुर १८ का मतदाताहरुसंग भेट गरेका छन । उक्त भेटमा मन्त्री न्यौपानेले स्थानिय हरुलाइ बिकासको प्रत्याभुत दिलाउन आफुले सकृय रुपमा काम गर्ने बताएका थिए । यसैगरी तुलसीपुर उद्योग बाणिज्य संघले मन्त्री न्यौपानेलाइ सम्मान गरेको छ । कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले उद्योग क्षेत्रम देखिएका समस्या समाधानका लागि प्रदेश सरकारले काम गर्ने बताए । कार्यक्रम तुलसिपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीको अध्यक्षता तथा मन्त्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad