Ad Area

पीडितलाई न्याय र दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीद्वारा अनसन


घोराही, २३ साउन । पीडितलाई न्याय र दोषीलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघले केन्द्रीय आयुर्वेद क्याम्पस बेल्झुण्डीमा रिले अनसन सुरु गरेको छ ।

नेपाल विद्यार्थी संघका उपसभापति शिवम मिश्रमाथि धारिलो हरियार प्रहार गरी घाइते बनाउने अखिल क्रान्तिकारीका इकाई अध्यक्ष एवं स्ववियु सचिव गणेश पौडेललाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघले बुधबारदेखि अनिश्चित कालिन अनसन सुरु गरेको हो ।

नेपाल विद्यार्थी संघका अध्यक्ष बसन्त अधिकारी, सचिव प्रदीप दाहाल र प्रवक्ता उपेन्द्र पोख्रेलले संयुक्त विज्ञप्ति जारी गर्दै व्यक्तिगत रिसिबी साँधेर ज्यान मार्ने नियतले साङ्घातिक आक्रमण गरेको घटनाप्रति घोर निन्दा एवं भत्र्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेका छन ।

यस घटनाले बाहिरी जिल्लाबाट आयार अध्ययन गर्ने विद्यार्थीहरुलाई असुरक्षित महसुस गराएको भन्दै यसले शिक्षा शैक्षिक संस्थालाई त्रसित गराउने काम गरेको बताएका छन् ।

गुण्डागर्दी शैलीमा प्रस्तुतभई ज्ञानको प्रमुख थलो शैक्षिक संस्थाभित्र ज्यान नै लिने गरी भएको घट्नाले विद्यार्थीहरुलाई त्रसित बनाउने काम गरेको भन्दै कुटपिटमा संलग्न अपराधिक व्यक्तिलाई हदैसम्मको माग गरेका छन्। साथै विद्यार्थीलाई पढाउने सुरक्षाको प्रत्याभूत गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

Blog Post Ad

विद्यार्थीले पीडितलाई न्याय र दोषीलाई कारबाहीको माग गर्दै मंगलबार विरोध प्रर्दशन गरेका थिए । उनीहरूले आक्रमण गर्ने अखिल क्रान्तिकारीका इकाई अध्यक्ष एवं स्ववियु सचिव गणेश पौडेललाई कारबाहीको माग गर्दै क्यम्पसबाट हटाउन माग गरेका थिए । नेपाल विद्यार्थी संघका उपसभापति शिवम मिश्रमाथि साउन २१ गते आक्रमण भएको थियो।

Blog Post Ad Blog Post Ad