Ad Area

समाज कल्याण केन्द्रले मनायोे ९औँ स्थापना दिवस


घोराही, २४ साउन । समाज कल्याण केन्द्र नेपाल, दाङको ९औँ स्थापना दिवस मनाईएको छ । समाजका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य लोका विश्वकर्माको प्रमुख आतिथ्यमा बुधबार रक्त सञ्चार केन्द्र घोराहीमा एक कार्यक्रम गरि स्थापना दिवस मनाईएको हो । सो अवसरमा १४ जनाले रक्तदानसमेत गर्नुभयो ।

कार्यक्रममा आधा युवा विदेश पलायन हुने अनि आधा युवा देशमा लागू औषधको लतमा फसेर जीवन बर्बाद पार्ने डरलाग्दो स्थिति भएको हुँदा लागूऔषध विरुद्धको सचेतना अभियानसँगै सामाजिक रुपान्तरणको पक्षमा समाज कल्याणको पैरवी गर्ने कामलाई सबैले अनुशरण गर्नुपर्ने वक्ताहरुको जोड थियो ।

प्रमुख अतिथि बिकले सरकारले अघि सारेको नीतिलाई पूरा गर्न सामाजिक संघसंस्थाको कामले सहयोग पुगेको बताउनुभयो । सरकारले गर्न नसकेका, राज्यको पहुँच पुग्न नसकेका नागरिकलाई सेवा दिएर सरकारलाई झक्झक्याउने काम गरेको बताउनुभयो ।

भौतिक पूर्वाधार क्षेत्रमा सरकारको बढी ध्यान जाँदा मानव विकास पछि परेको हुँदा अब राज्यले सामाजिक एवम् मानव विकासका क्षेत्रमा ध्यान दिनुपर्ने बताउनुभयो । यसका लागि प्रदेश सरकारमा सक्दो दबाव दिने काम गरिरहेको बताउनुभयो ।

नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले सरकारले अघि सारेको निशुल्क शिक्षालाई समाज कल्याणले सघाउ पुर्याउने काम गरिरहेको हुँदा यसको उचित मुल्यांकन हुनुपर्ने बताउनुभयो ।

Blog Post Ad

उहाँले संस्थाले खेल्दै आएको भुमिकालाई अझ सशक्त रुपमा अघि बढाउन राज्यले शिक्षा, सशक्तीकरण र लागू औषध दुर्व्यसन नियन्त्रण अभियानका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

महिला मानव अधिकार रक्षक सञ्जालकी संस्थापक लक्ष्मी आचार्यले लागूऔषध विरुद्ध र विपन्न बालबालिकालाई शिक्षा प्रदान गर्न समाज कल्याण केन्द्रले खेल्दै आएको भुमिकालाई अझ व्यापक बनाउन सबैले साथ सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

समाज कल्याण केन्द्रले विपन्न, असहाय परिवारका बालबालिकालाई निशुल्क शिक्षा प्रदान गर्न सहयोग गरेर ठूलो गुन लगाउने काम गर्दै आएको बताउनुभयो । यसले राज्यको निशुल्क शिक्षालासमेत चुनौति दिने काम भएको भन्दै सरकारलाई हरेक बालबालिकालाई शिक्षामा जोड्न दवाव दिएको बताउनुभयो ।

रक्तदातालाई रक्तदान गर्न कार्यक्रमका माध्यमबाट उत्प्रेरित गर्ने काम गरेर सामाजिक दायित्व पूरा गरेको नेपाल रेडक्रस सोसाईटी दाङका मन्त्री प्रकाश श्रीवन्दले बताउनुभयो ।

एकता महिला बहुद्देश्यीय सहकारी संस्थाकि अध्यक्ष रेवा अधिकारीले महिला सशक्तीकरणसँगै सामाजिक न्यायका क्षेत्रमा समाज कल्याणले खेल्दै आएको भुमिका प्रशंसनीय रहेको बताउनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १४ का निवर्तमान वडा अध्यक्ष शक्तिराम डाँगी, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रकी अध्यक्ष निर्मला गौतम रेग्मी, नेपाल परिवार नियोजन संघ दाङ शाखा कोषाध्यक्ष माया पोख्रेल, त्रिभुवननगर जेसीज अध्यक्ष रविकिरण केसी, मावि मुलाबारी भेँडाबारीका शिक्षक शशीधर शर्मा, आधारभूत विद्यालयका शिक्षक डिल्ली जिएम, दाङ महिला जेसीज अध्यक्ष जुनकुमारी बुढा, निर्णय पुनर्स्थापना केन्द्रका विष्णु वलीलगायत बोल्नु भएको थियो ।

स्थापना दिवसका अवसरमा शैक्षिक अभियान अन्तरगत खुत्रुके वचतमा सहयोग गर्नुहुने २४ जनालाई सम्मान गरिएको थियो ।

संस्थाले हाल ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १६ जनालाई पढाउँदै आएको छ । जस अनुसार,मावि भेँडाबारी मुलाबारीमा ३ जना, मावि झिङ्गनी ३, मावि रझेनामा ४ जना, मावि निघुवारमा २ जना, आधारभूत विद्यालय बेलघारीमा २, गोरक्ष रत्ननाथ मावि चौघेरामा २ जना रहेका छन् । १ रुपैयाँ खुत्रुते वचत अभियान संचालन गरेर बालबालिकाको शिक्षामा लगानी गर्दै आएको संस्थाले आगामि वर्ष २० जनालाई निशुल्क पढाउने योजना बनाएको छ ।

स्थापना दिवसमा लक्ष्मी आचार्य, हरिकला अधिकारी, शान्ता अधिकारी, विष्णु वलीलगायतले खुत्रुके अभियानमा आर्थिक सहयोग गर्नुभएको थियो ।

स्थापना दिवसको अवसरमा समाज कल्याण केन्द्रले घोराही ६ मावि जन्द्रागाउँमा लागूऔषध दुर्व्यसन विरुद्धको सचेतना र घोराही १० नारायणपुरमा रहेको मानव सेवा घरलाई सहयोगसमेत गरेको थियो ।

उपाध्यक्ष निरजा पोख्रेलले स्वागत गर्नुभएको कार्यक्रममा सहभागीलाई सदस्य अञ्जना मल्लले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव जानका केसीले गर्नुभएको थियो ।

१४ जनाद्वारा रक्तदान

समाज कल्याण केन्द्र नेपाल दाङको स्थापना दिवसका अवसरमा आयोजित रक्तदानमा १४ जनाले रक्तदान गर्नुभएको छ ।

रेवा अधिकारी, नर्मदा शर्मा, विवेक भट्टराई, कल्पना घर्ती, सम्झना पाण्डे, आशा बिक, सुस्मिता बिक, तिलसरा डाँगी, सरिता पाण्डे, मनिषा पुन मगर, सरिता थापा मगर, नमा घर्ती, किसन चौधरी, अञ्जना मगरले रक्तदान गर्नुभएको हो ।

Blog Post Ad Blog Post Ad