Ad Area

लघु साधना शिविर सम्पन्न


श्रीराम दहित
हरिद्वार (भारत) । गायत्री परिवार दाङ तथा आचार्यकुलम् दाङका साधक संचालकहरुको सहभागीता रहेको लघु साधना शिविर सम्पन्न भएको छ ।

साउनको १८ गतेदेखि चार दिवसीय साधना तथा यज्ञ याज प्रशिक्षण गायत्री तिर्थ शान्तिकुञ्ज हरिद्वार उत्तराखण्ड भारतमा भएको हो । आचार्यकुलम् दाङ र गायत्री परिवार दाङका संचालक, लगानीकर्ताहरुका लागि चार दिवसीय शिविरमा प्राध्यापक डिना त्रिवेदी,श्री नमोनारायण पाण्डे, श्री बनवारीलाल सैनी, ईन्जिनियर श्री रितु सिंह, ओइन्द्र सिंह, सत्यनारायण पाठकलगायतका प्रशिक्षकले सार्थक जीवन संस्कारवान सन्तान निर्माण विषयवस्तुमा प्रशिक्षण दिनुभएको थियो ।

ईन्जिनियर रितु सिंहले भिडियो स्लाईडमार्फत गर्भधारण गर्नु पूर्व धारण पश्चात् विभिन्न चरणमा वैदिक कर्मद्वारा व्रत धारण मातापिताको जीवनशैलीले कस्तो सन्तानलाई जन्मदिने निर्धारण हुने बताउनुभयो । शिशुलाई पर्ने सकारात्मक नकारात्मक प्रभावका तथ्य प्रमाणको रूपमा हामीले भोग्दै आएको तितो यथार्थ वृद्धाआश्रम सुधार केन्द्रहरु दिनहुँ बढ्दै गएको बताउनुभयो ।

बढ्दो क्रममा हिंसा बलात्कार भ्रष्टाचार रहेको भन्दै तपाईं हाम्रो सानो त्याग र समर्पणले न्यूनीकरण विस्तारै हुने परिकल्पनाका संस्थापक युग निर्माणका उद्घोषक युग निर्माण योजना श्रीराम शर्मा आचार्यले लिएको लक्ष्य “मानव देवत्व तथा धर्तीमा स्वर्गको अवतरण“ अनुसार शिक्षा, स्वास्थ, नारी जागरण,युवा जागरण, कुरिती उल्मुलन, स्वच्छ वातावरण निर्माण तथा घरेलु साना उद्योग संचालनका लागि स्वाबलम्बन लगायतका क्षेत्रमा निशुल्क भोजन आवास सहित प्रशिक्षण दिदै आएको विस्तृत जानकारी नेपाल जोन प्रमुख श्री ओइन्द्र सिंहले दिनुभयो ।

प्राध्यापक डिना त्रिवेदीले तन, मन र आध्यात्मिक रूपमा स्वस्थ समृद्धको सहज सरल मार्ग आध्यात्म भएको भन्दै जसका लागि त्याग, समर्पण गर्न जरुरी रहेको बताउँदै व्यक्ति परिवार समाज र समग्र विश्व स्वस्थ समृद्धको आधार व्यक्ति निर्माण रहेको बताउनुभयो । व्यक्तिमा समझदारी ईमानदारी जिम्मेवारी र बहादुरी तब आउँछ, जब उसले गायत्री महामन्त्रको नित्य नियमित साधना गर्ने बताउनुभयो ।
मानवलाई महामानव महामानवलाई देवतास्तरमा पुर्याइने शुत्र कामधेनु कल्पवृक्ष प्राणी हितमा सम्पूर्ण मानव जातिका लागि गरिने गायत्री साधना जाति लिङ्ग भाषा वर्ग वर्ण आदिका कारण निशेध गर्न नहुने बताउनुभयो ।

Blog Post Ad

प्रशिक्षणको क्रममा संस्कार युक्त शिक्षा अभियानअन्तर्गत आधारभूतदेखि विद्यावारिधी तहमा वैदिक सनातन लोपोन्मुख संस्कृति संरक्षणका लागि देव संस्कृति विश्वविद्यालय निम्न वर्गीय क्षमतावानहरुका लागि सामान्य भोजन आवास शुल्कमा शिक्षा दीक्षा प्रदान गर्दै आएको प्राध्यापक बनवारीलाल सैनीले बताउनुभयो ।

गायत्री साधना किन र कसका लागि ? भन्ने जिज्ञासा मेटाउँदै गायत्री महामन्त्रको बैज्ञानिक तथ्य तर्क र मानव जीवनको भौतिक तथा मनोबैज्ञानिक तहमा पर्ने सकारात्मक प्रभावका कारण अन्य आध्यात्मिक संस्था स्थापना र विलय हुनु नपरेको हाल अखिल गायत्री परिवार भारत–नेपाल–क्यानाडा–अमेरिका–रुसलगायतका देशमा पाँच हजार गायत्री शक्तिपिठ जागृत तिर्थको रूपमा सेवारत रहेको तथ्यांक प्रशिक्षण विभागका नमोनारायण पाण्डेले प्रष्ट पार्नुभयो । एक सय पचास जना सामुहिक गायत्री महामन्त्रद्वारा दिक्षित भएका थिए ।

तिर्थ पर्यटन दीक्षा, तर्पण र संस्कार प्रशिक्षणमा अनुसाशित सभ्य रूपमा सहभागीता तथा दाङ्ग जिल्लामा गायत्री यज्ञ सम्पन्न गराउने प्रतिबद्धता जनाउने सम्पूर्णलाई गायत्री परिवार दाङ्गका कोषाध्यक्ष श्रीराम दहितले साधुवाद शुभकामना दिनुभयो । आचार्यकुलम् दाङ्गका संयोजक दिपक बस्यालले आफूले विगत दश वर्षदेखि गायत्री महामन्त्रद्वारा दिक्षित भइ यहाँसम्म पुग्नु गायत्री साधना उपज रहेको प्रष्ट पार्नु हुँदै आचार्यकुलम् वर्तमानको आवस्यकता महसुस हुनु गायत्री तिर्थ शान्तिकुञ्ज लक्ष्यमा आधारित रहेको बताउँनुभयो । साथै उहाँले निशुल्क प्रशिक्षण भोजन आवास प्रदान गराएकोमा धन्यवाद दिनुभयो ।

गायत्री परिवार तुलसीपुर नगर संयोजक दुर्गाप्रसाद भण्डारीले सभ्य भव्य रूपमा सहभागीता जनाउने सम्पूर्णलाई धन्यवाद दिदै वास्तविक साम्यवाद गायत्री तिर्थ शान्तिकुञ्जमा रहेको सन्देश पुग्ने अपेक्षा गर्नुभयो । यसैक्रममा दाङ जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख जितेन्द्रमान नेपाली विभेदमुक्त संस्थाबाट जीवनले खोजेको मार्ग प्राप्तिसंगै ६९ वर्षको उमेरमा यज्ञोपवित (जनै) धारण गर्नुभएको थियो । त्यसैगरी पूर्व प्रशासक पैसट्ठी वर्षीय विक्रम सोमई मगर, माध्यमिक विद्यालय धनौरीका प्रधानाध्यापक ठुमराज लामिछाने,यज्ञोपवित धारणसंगै दिक्षित भएको आचार्यकुलम् दाङ्ग संचार संयोजक निमा बस्नेत डिसीले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad