Ad Area

अनुचित लेनदेन मुद्दामा ७ जना पक्राउ


दाङ, २५ साउन । दाङमा अनुचित लेनदेन सम्बन्धी मुद्दामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २ जना पुरुष र ५ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा बिजौरी घर भई हाल घोराही उपमहानगरपालिका वडा नं. १५ बस्ने ५७ वर्षीया माधवा बस्नेत, बस्नेतको श्रीमान ५८ वर्षका धर्मबहादुर बस्नेत, घोराही १५ कै यामाकुमारी बस्नेत, सोही ठाँउ निवासी ५३ वर्षका पार्वता केसी, ३४ वर्षीय ममताकुमारी केसी (डिसी) रहेका छन् ।

प्रहरीले घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ३७ वर्षीय ऋषा बोहरा र घोराही उपमहानगरपालिका ८ निवासी ५१ वर्षका तिलकबहादुर महरा क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।

पक्राउ परेका माधवा बस्नेतले मानिसहरुलाई ऋण लगानी गर्ने र चर्को ब्याज असुल्ने गरेको प्रहरीले जनाएको छ । ऋण लिने मानिसहरुबाट खाली चेकमा दस्तखत गराई चेक लिने, चेक नभएका मानिसहरुसंग ऋण लिएको भन्दा बढी रकम राखी तमसुक बनाई ऋण दिने, ऋणीहरुसंग सावा ब्याज बापत रकम असुल गरी सकेपछि तमसुक तथा दिएको चेक माग गर्दा हराएको भनी बहाना बनाएको पाइएको छ ।

माधवाले आफ्नो नजिकका नातेदारहरुलाई लोभलालच देखाई उनिहरुको नाम उल्लेख गरी आफुखुसी रकम भरी चेक दिने, बैंकबाट बाउन्स गराई जिल्ला अदालतमा जाहेरवालाहरुको नाममा चेक अनादर तथा लेनदेन कसुर मुद्दामा मुद्दा दर्ता गरेको थाहा पाएपछि पीडितले साउन २० गते जिल्ला प्रहरी कार्यालय दाङमा अनुचित लेनदेन कसुर मुद्दामा किटानी जाहेरी दिएका थिए । जाहेरीको आधारमा ७ जनालाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

Blog Post Ad
Blog Post Ad Blog Post Ad