सिद्धरत्ननाथ मावि नारायणपुरमा १२ कक्षा उत्तीर्ण विद्यार्थीलाई विदाई
घोराही,२५ साउन । घोराही उपमहानगरपालिका-१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले १२ कक्षा उत्तीर्ण भएका विद्यार्थीलाई विदाई गरेको छ ।
विद्यार्थीलाई विदाई कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका-१० का अध्यक्ष दीपक पाण्डेयले सिद्धरत्ननाथ माध्यमिक विद्यालयको विकासका लागि सबैका बीचमा सहकार्य आवश्यक रहेको बताएका छन्। पछिल्लो समय विद्यालयले शैक्षिक तथा भौतिक क्षेत्रमा प्राप्त गरेको प्रगतिले सबैलाई उत्साहित बनाएको भन्दै आगामी दिनमा यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताएका हुन् ।
साथै उनले विद्यालयको प्रशासनिक सबलता, शैक्षिक सुधार र भौतिक पूर्वाधार विकासका लागि आफुले सधैं सहयोग गर्ने बताएका छन्। कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले विधालयले अहिले कक्षा १२ मा उत्कृष्ट नतिजा निकालेर यस क्षेत्रकै अव्वल विद्यालयमा आफुलाई स्थापित गरेको भन्दै नतिजालाई आगामी दिनमा कायम राख्दै अझै प्रगति गर्नका लागि शिक्षक, विद्यार्थी र अभिभावक लाग्नुपर्ने बताएका थिए। साथै १२ कक्षा उत्तीर्ण विद्यार्थीलाई उज्ज्वल भविष्यका लागि शुभकामना दिएका थिए ।
विद्यालय विकास परामर्श समितिका अध्यक्ष रमेश अधिकारी, विद्यालयका पूर्व प्रधानाध्यापक टोपबहादुर केसी, सिद्धरत्ननाथ क्याम्पसका प्रमुख दीपक लामिछाने, विद्यालय विकास परामर्श समितिका सदस्य बिनिता थापा गुरुङ, विद्यालयकी शिक्षिका शान्ता सुवेदी, विद्यार्थी सन्ध्या लहेर र सतिस केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
विद्यालय व्यवस्थापन सतिमिका अध्यक्ष चित्रबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीलाई विद्यालयका प्रधानाध्यापक उत्तम खनालले धन्यवाद ज्ञापन गरेका थिए।
विद्यालयका सहायक प्रधानाध्यापक भुपबहादुर रावतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकारण जितेन्द्रकुमार केसीले गरेका थिए ।
विद्यालयमा कक्षा १२ मा अध्ययनरत तीन सय ४२ जना विद्यार्थीमध्ये दुई सय ७८ जना विद्यार्थी पास भएका छन् । विज्ञान संकायमा सतप्रतिशत र व्यवस्थान र शिक्षा संकायमा ८१.२९ प्रतिशत विद्यार्थी पास भएका छन्।विज्ञान संकायमा ४७ जना, व्यवस्थान संकायमा र शिक्षा संकायमा २ सय ३१ पास भएका छन् ।विदाई कार्यक्रममा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।