Ad Area

विद्यार्थीलाई लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतना


घोराही,२६ साउन। दाङको घोराहीमा विद्यार्थीलाई लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतना मुलक कार्यक्रम गरिएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र दाङ घोराहीको आयोजना तथा स्टार बोर्डिंग स्कूलको सहकार्यमा विद्यार्थीलाई लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतना कार्यक्रम गरिएको हो ।

घोराही उपमहानगरपालिका-१४ स्थित स्टार बोर्डिंग स्कूलमा भएको कार्यक्रममा विद्यार्थीलाई लागु औषध भनेको के हो, लागु औषधले गर्ने असर र त्यसबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराइएको थियो।

प्रहरी सेवा केन्द्रका उपाध्यक्ष कैलाश रोका मगरको अध्यक्षता तथा स्टार बोर्डिंगका प्रधानाध्यापक चित्रबहादुर घर्ति मगरको प्रमुख आतिथ्याता कार्यक्रम भएको थियो।

कार्यक्रममा नार्कनन लुम्बिनी प्रदेशका संयोजक बसन्त पुन,जिल्ला प्रहरी कार्यालय दाङ घोराहीका प्रहरी नायव निरीक्षक तुलबहादुर बिक,प्रहरी जवन विनोद आचार्यलगाएतले प्रशिक्षण दिएका थिए । विद्यालयका लागि एमडी चन्द्र बिसीको स्वागत मन्त्यबाट सुरु भएको कार्यक्रमको सहजीकारण प्रहरी सेवा केन्द्रका सचिव केबि घर्तिले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad