Ad Area

घोराही–लमही सडकअन्तर्गत सिस्ने खोलामा बस दुर्घटना


घोराही, २८ साउन । दाङको घोराही–लमही सडक खण्डअन्तर्गत सिस्ने खोलामा बस दुर्घटना भएको छ ।

बुटवलबाट तलसीपुर जाँदै गरेको लु १ ख ८४१२ नम्बरको बस सोमवार दिउँसो घोराही उपमहानगरपालिका–१७ स्थीत सिस्ने खोलाको उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ ।

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार दुर्घटनामा घाइतेहरुको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र सवैको अवस्था सामान्य रहेको छ । उहाँका अनुसार दुर्घटनामा ६ जनालाई बढी चोट लागेपनि अन्यको अवस्था सामन्य रहेको छ । बसमा २० बढी यात्रुहरु रहेका थिए ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटना बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । दुर्घटनाका घाइतेहरुको पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad