Ad Area

अल्फाका सरिता,निर्मा र सीमालाई स्वर्ण


घोराही, २८ साउन । चौथो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८१ मा खेलाडी सरिता केसी,निर्मा विष्ट र सिमा कुवँरले स्वर्ण पदक जितेका छन् ।

नेपाल तेक्वान्दो संघको आयोजनामा यहि साउनको २४ गतेदेखि २६ गतेसम्म ललितपुरमा भएको प्रतियोगितामा १४–१८ बर्षमुनि उमेर समूहमा स्वर्ण पदक जितेका हुन । उनीहरु घोराही उपमहानगरपालिका–१५ मा रहेको अल्फा तेक्वान्दो डोजाङबाट प्रतियोगितामा सहभागी भएका थिए ।

सोही विधामा एकल पुम्सेतर्फ खेलाडी निर्मा विष्टले काश्य पदक जितेकी छिन भने फाइटतर्फ सरिता केसीले जुनियर महिला ४९ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी हुन ।

त्यसैगरी उक्त प्रतियोगितामा जुनियर महिला ५२ केजी तौल समूहमा बर्षा घर्तीमगरले रजत र ५५ केजी तौल समूहमा अन्जना विष्टले काश्य पदक जित्न सफल भएको अल्फा तेक्वान्दो डोजाङकी प्रमुख तथा प्रमुख प्रशिक्षक सुनिता विष्टले जानकारी दिएकी छिन् ।

प्रशिक्षक विष्टका अनुसार प्रतियोगितामा अल्फाबाट सहभागी दश जना खेलाडीमध्ये बिन्जु कुवँर, अनिता विक,सुप्रिया श्रेष्ठ,खुशी रंगरेज र बन्दना चौधरीले प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गरेपनि पदक विहिन हुन पुगे ।

उक्त प्रतियोगितामा सान्त्वना स्वरुप अल्फा तेक्वान्दो डोजाङलाई आयोजकले नगद आठ हजार रुपैयाँ सहयोग गरेका थिए । त्यसैगरी कोचको भूमिकाम रहेका आयुस केसीलाई पनि दुई हजार दुई सय ५० रुपैँया प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा टिम कोचका रुपमा खेलाडीहरु आयुस केसी र सुमित लामा रहेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad