Ad Area

यज्ञबहादुर बुढाथोकी उत्कृष्ट युवा पुरस्कार खेलाडी बस्नेतलाई


दाङ, २८ साउन । यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार–२०२४ बाट आईटिएफ तेक्वान्दोेका खेलाडी लीलाधर बस्नेत पुरस्कृत भएका छन् ।

त्रिभुवननगर जेसीज घोराहीले प्रत्येक बर्ष प्रदान गर्दै आएको यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार–२०२४ बाट दाङ घोराही उपमहानगरपालिका–१५ बस्दै आएका आईटिएफ तेक्वान्दोे खेलाडी तथा प्रशिक्षक बस्नेत पुरस्कृत भएका हुन ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लवमा आवद्ध बस्नेतले लामो समयदेखि आईटिफ तेक्वान्दो खेलका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक हासिल गर्दै दाङ जिल्लासहित सिंगो राष्ट्रको शिर उच्च बनाउन सफल खेलाडीलाई बर्ष उत्कृष्ट पुरस्कार प्रदान गरिएको हो । बिभागीय क्लव त्रिभुवन आर्मीबाट डेढ दशक बढी समय विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका बस्नेतले २० स्वर्ण, पाँच रजत र एक काश्य पदक जितेका छन् ।

घोराही उपमहानगरपालिका–५ नैनवार स्थायी घरभएका बस्नेतले २०८१ साल बैशाख महिनामा नेपाली सेनाबाट अवकास प्राप्त गरेका थिए । अवकासपछि दाङ फर्किएका बस्नेत जिल्लामा खेल क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि संक्रिय छन् । दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघमा आवद्ध बस्नेतले विभिन्न स्कुल तथा डोजाङहरुमा प्रशिक्षकका रुपमा काम गरिरहेका छन् ।
पुरस्कृत आईटिएफ तेक्वान्दोका खेलाडी तथा प्रशिक्षक बस्नेत २०४३ साल बैशाख १० गते बुधवारका दिन बुबा टिकाराम बस्नेत र आमाको सरस्वती बस्नेतको जेष्ठ सुपुत्रका रुपमा तुलसीपुर उपमहानगरपालिका–१४ (साविक डुरुवा गाविस वडा नं. ३ लुहारडवरा) मा जन्मिएका थिए ।

बस्नेतकी दिदी तिर्था वली र भाई नारायण बस्नेत रहेका छन् । २०६८ सालमा घोराही निवासी झकमा विष्टसँग बैबाहिक सम्वन्ध स्थापित गरेका बस्नेत दम्पतीबाट छोरा प्रणय बस्नेत रहेका छन् ।


सन २०१३ सालदेखि त्रिभुवननगर जेसीजले जिल्लादेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट कार्यका माध्यमबाट योगदान गर्ने सामाजिक क्षेत्र, खेलकुद, स्वास्थ्य, सञ्चार,आर्थिक,व्यवसायीक,गीतसंगीतलगायतका क्षेत्रमा आवद्ध युवाहरुलाई पुरस्कृत गर्दै आएको छ ।

Blog Post Ad

त्रिभुवननगर जेसीज घोराहीका अध्यक्ष रविकिरण केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यान्द शर्माले बस्नेतलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले जिल्लासँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतियोगिता खेलेर देशको नाम उच्च बनाउने खेलाडीलाई सममान गरेर जेसीजले राम्रो काम गरेको भन्दै यसले नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष लालमणि भण्डारी, घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेशकुमार पाण्डे, तुलसीपुरनगर जेसीजका अध्यक्ष पूर्णविक्रम डाँगीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण त्रिभुवननगर जेसीजका महासचिव रमेश घिमिरेले गरेका थिए ।

खेलाडी बस्नेतले जितेका पदकहरु

पुरस्कृत बस्नेतले छैठौ जनरल चोइ स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सन २०१० बिराटनगर, ११ औं सिनियर एण्ड जुनियर स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१३ सर्लाही, छैठौ जनरल चोइ स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१२ काठमाडौ, १४ औं सिनियर एण्ड जुनियर स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१५ काभे्र, १५ औं सिनियर एण्ड जुनियर स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१६ नुवाकोट, सातौं राष्ट्रिय खेलकुद बहृत प्रतियोगिता २०७३ पूर्वाञ्चलबाट स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी १६ औं सिनियर एण्ड जुनियर स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१७ नेपालगंज, १७ औं सिनियर एण्ड जुनियर स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१८ नुवाकोट, २० औं सिनियर एण्ड जुनियर स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२० रामेछाप, आठौं राष्ट्रिय खेलकुद बहृत प्रतियोगिता २०७६ लुम्बिनी प्रदेश, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ गण्डकी प्रदेश, दोश्रो दक्षिण एशियाली आईटिएफ तेक्वान्दो प्रतियोगिता २०११ काठमाडौंमा स्वर्ण तथा भारतको दिल्लीमा भएको चौथो दक्षिण एशियाली आईटिएफ तेक्वान्दो प्रतियोगिता २०१५ मा रजत र चाइनामा भएको आठौं एशियन आईटिएफ तेक्वान्दो प्रतियोगिता र सन २०१९ मा बुल्गेरियामा भएको २१औं आईटिएफ तेक्वान्दो वर्ड च्याम्पियनसिपमा सहभागी भएका थिए ।

Blog Post Ad Blog Post Ad