Ad Area

विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग


घोराही, २९ साउन । घोराही उपमहनगरपालिका–१८ का दश जना बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । नेपाल मलिहा सामुदायिक सेवा केन्द्रले आधारभूत विद्यालय गिठेपानीमा अध्ययनरत दश जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको हो ।

बलबालिका स्कूल ब्याग, एक दर्जन कापी र कलम वितरण गरिएको थियो । त्यस अवसरमा जलवायु अनुकुलन सम्बन्धी जानकारी समेत विद्यार्थीलाई गराइएको थियो । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा संचालित सामुदायिक सुरक्षा जालो कार्यक्रमअन्र्तगत विद्यार्थीलाई सहयोग गरिएको हो ।

जलबायु परिर्बतनले पार्ने असर र न्युनीकरणका बिषयमा सचेतीकरण गरिएको हो । विधालय ब्यबस्थापन समितिका अध्यक्ष दिनेश वलीको अध्यक्षता तथा नेपाल महिला सामुदायिक सेवाकेन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेको प्रमुख आतिथ्यता तथा बिद्यालय ब्यबस्थापन समितिका निर्बतमान अध्यक्ष केशरबहादुर रावतको बिशिष्ट आतिथयतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेले २०५० सालमा स्थापना भएको सस्थाले बिपन्न बालबालिकाको शिक्षाको क्षेत्रमा सक्दो सहयोग गर्दै आएको बताए । उनले सस्थाको सानो सहयोगले पनि विद्यार्थीलाई शिक्षाआर्जनमा हौसला प्राप्त हुने भएकाले सस्थाले शैक्षिक समाग्री बितरण गर्न बिद्यालयमा आएको बताए ।

विद्यालयका प्रध्यानाध्यापक गिरीराज भट्राइले सदरमुकाम नजीक रहेको आधारभुत बिद्यालय गिठेपानी बत्तीमुनीको अध्यारो जस्तै भएर अभाबका बिचमा पठनपाठन सचालन गरेको बताए । उनले सामुदायिक बिद्यालय गिठेपानीमा अध्यनरत अधिकाश बिधार्थीहरु बिधालयको पोशाकसम्म किन्न नसक्ने अबस्थामा रहेको र विद्यालय पोशाकका कारण बालबालिकाहरुले बिद्यालय छाड्ने अबस्था रहेको बताए ।

घोराहीको जिल्ला सदर मुकाममाभित्र रहेको आधारभुत बिद्यालय गिठेपानीमा अध्यनरत बालबालिकामध्ये अधिकाश विद्यार्थीहरु कमजोर आर्थिक अवस्थाको भएका कारण विद्यार्थीहरुको पठन पाठनमा हौसला प्रदान गर्न नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले प्रदान गरेको शैक्षिक सहयोगले बालबालिकामा हौसला थपेको प्रधानाध्यापक भट्राईको भनाई थियो ।

Blog Post Ad

त्यस अबसरमा विद्यालय व्यवस्थापन समितिका निर्बतमान अध्यक्ष केशरबहादुर रावत, नेपाल पत्रकार महासंघ दाङका सचिव आर.के.शीतल, युवा नेता तथा गायक शरद समिपलगाएतले विद्यार्थीलाई मिहेनत र लगनशिल भएर शिक्षाआजर्न गर्न सके भोलिको भविष्य सुखद् हुने बताएका थिए । सामुदायिक सुरक्षा जालो कार्यक्रमका संयोजक लिला शाहको बिषय प्रबेशबाट शुरु भएको कार्यक्रमको सहजीकरण मनोविमर्शकर्ता लक्ष्मी ढकालले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad