Ad Area

लागुऔषधविरुद्धका अभियान्ता बिसी सम्मानित


बाँके,२९ साउन । लामो समयदेखि लागूऔषधविरुद्ध अभियान्ताका रुपमा काम गरिरहेका प्रविण बिसी सम्मानित भएका छन् । दमयन्ति फाउन्डेशन नेपाल, बाँकेले अभियान्ता बिसीलाई मंगलबार कार्यक्रमको आयोजना गरेर सम्मान र पुरस्कृत गरेको हो ।

८औं नयनराज रावल स्मृति दिवसको अवसरमा जिल्ला प्रशासन बाँकेका प्रमुख खगेन्द्रप्रसाद रिजाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाही, सशस्त्र प्रहरी बल महेन्द्र नगरका एसपी बिमल डाँगी एवम् दमयन्ति फाउन्डेशन नेपाल, बाँकीकी अध्यक्ष इन्द्राकुमारी जिसीले अभियान्ता बिसीलाई उनले निरन्तर गरेको सामाजिक कार्यको कदरमा खाँदा ओडाएर सम्मान गर्दै नगद १० हजार एक रुपैयाँले पुरस्कृत गरेका हुन् ।

दमयन्ति फाउन्डेशनकी अध्यक्ष जिशीका अनुसार उनका श्रीमान नयनराजले आमाको नामबाट असाय, असक्त र गरिब व्यक्तिलाई सयोग गर्ने उद्देश्यले यस फाउन्डेशनको स्थापना गरेका थिए । त्यसैले नयनराजको स्मृति दिवसका अवसरमा हरेक वर्ष सामाजिक कार्यमा उल्लेखनीय काम गर्दै आइरहेका व्यक्तिहरुलाई दमयन्ति फाउन्डेशनले सम्मान र पुरस्कृत गर्दे आएको जिशीले बताइन् ।

सम्मानपछि कार्यक्रममा बोल्दै अभियान्दा बिसीले बाँकेमा लागूऔषधविरुद्धको अभियानमा नयनराजको कार्यलाई सम्झँदै आफूलाई पनि नयनराजले लागूऔषधविरुद्धको काम गर्न प्रेरित गरेको बताए । साथै उनले पुरस्कास्वरुप प्राप्त गरेको १० हजार एक रुपैयाँ खजुरा गाउँपालिका वडा नम्बर २ मा रहेको शुक्र माध्यमिक विद्यालयलाई प्रदान गर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालले बाँकेमा लागूऔषधको अवस्था चिन्ताजन रहेको बताउँदै बिसीले लागूऔषधका क्षेत्रमा प्रभावकारी काम गर्दै आइरहेको बताए ।

को हुन् अभियान्ता प्रविण बिसी

Blog Post Ad

अभियान्ता प्रविण बिसी विगत १६ वर्षदेखि बाँकेमा लागूऔषधकाविरुद्ध काम गर्दे आइरहेका छन् । आफू स्वयम् लागूऔषध प्रयोगकर्ता रहेको बताउँदै लागूऔषध कुनै अपराध नभएर बिरामी रहेको र यसको प्रयोग गर्ने जो कोहीलाई पनि उपचारको माध्यमबाट छुटकारा दिन सकिने उनको भनाइ छ ।

प्रविणले लागूऔषधविरुद्धको काम २०६६ सालदेखि सुरु गरेका हुन् । सुरुमा उनले परिवर्तन समूह बाँकेको उपसमितिको सदस्य भएर काम गर्न सुरु गरेका थिए । त्यसपछि २०६८ सालमा रिकभरिङ्ग नेपालको साविक९मध्ये तथा सुदूरपश्चिम०को वित्तीय व्यवस्थापक तथा प्रवक्ताका रुपमा काम गरे ।
२०६९ सालमा नेपालगन्जमा रहेको भेरी अस्पतालबाट संचालित मेथाडन, मौखिक ९ओएसटि० उपचार पद्धतिको परामर्शदाताको पनि भूमिका निभाए ।

२०७४ सालमा रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशको फेकल पर्सन र सोही सालदेखि परिवर्तन समूह बाँकेको अध्यक्षका रुपमा हालसम्म काम गर्दै आइरहेका छन् । यसका अलव उनले आफ्नै दिदीको नामबाट स्थापित लता केयर फाउण्डेशनको अध्यक्षको रुपमा पनि काम गरिरहेका छन् । लता केयरले पनि लागूऔषधविरुद्ध काम गर्ने गर्छ ।

यो १६ वर्षको अवधिमा प्रविणले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ४ हजार बढीलाई परामर्श तथा सहयोग गरिसकेका छन् भने करिब १ हजार जना लागूऔषध प्रयोगकर्तालाई उपचार प्रदान गरिसकेका छन् ।

Blog Post Ad Blog Post Ad