Ad Area

सर्पदंशबाट छोरीको मृत्यु, आमा घाइते


घोराही,३० साउन । दाङमा सर्पको टोकाइबाट छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् ।

घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा मंगलवार राती करिव एक बजेको समयमा करेत सर्पले टोक्दा ६ बर्षीय बालिका इन्दु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार सर्पले टोकेर गम्भीर घाइते इन्दुको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रमम मृत्यु भएको थियो । सुरुमा गाउँमा गुरुवाको भर परेर झारफुक गर्दा राम्रो नभएपछि अस्पताल लगेर उपचार गर्ने क्रममा इन्दुको मृत्युको भएको थियो ।

प्रहरीका अनुसार सर्पको टोकाईबाट गम्भीर घाइते बालिकाकी आमा २५ वर्षीय आश्मा चौधरीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । सर्पले सुतेको समयमा इन्दुको टाउको र आश्माको दायाँ हातमा टोकेको थियो ।

Blog Post Ad Blog Post Ad