Ad Area

तुलसीपुर यातायात प्रालीले आईतबार यातायात बन्द गर्ने


तुलसीपुर, ८ भदाै । तुलसीपुर यातायात प्रालीले भदौ ९ गते आईतबार यातायात बन्द गर्ने जनाएको छ ।

तुलसीपुरकाे पश्चिम राेड र सितलपुर राेडमा यातायात बन्द गर्ने जनकारी दिएकाे हाे । रूट पर्मिट बिना सहमति विपरित अटाेहरूले साे रूटमा यात्रु बाेकेकाे तथा आफ्नो कर्मचारीलाई प्रहरीले पक्राउ गरेकाे भन्दै विराेध स्वरूप यातायत ठप्प पार्ने समितिले जनाएकाेछ ।

शुक्रबार अटाेचालक र आफ्नो कर्मचारीविच भएकाे बिवाद पछि भएकाे घटनालाई लिएर कर्मचारी सन्ताेष पाेखरेललाई प्रहरीले पक्राउ गरेकाे भन्दै त्यसकाे विराेधमा यातायात बन्द गर्ने निर्णय गरेकाे समितिका अध्यक्ष पवनराज बुढाथोकीले जानकारी दिएका छन ।

दुई दिनदेखि कर्मचारीलाई थुनामा राखेकाे समितिले जानकारी दिएकाे छ ।अटाेहरू राजमार्ग बाहेक ३ किलोमिटर भित्रि सडकमा चलने भनेपनि अहिले साे रूट प्रमिट बिपरित चलने गरेकाे बताएकाेछ । यस विषयमा विभिन्न समयमा विवाद हुँदै आएको छ ।

Blog Post Ad Blog Post Ad