Ad Area

बिसिए संकायमा ज्ञानदीप कलेजका कपिल नेपालमै दोस्रो


दाङ,१२ भदौ । दाङको तुलसीपुरमा रहेको ज्ञानदीप कलेज नेपाल दोस्रो भएको छ । त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको ब्याचलर अफ कप्युटर एप्लिकेसन (बिसिए) सातौँ सेमेस्टरतर्फ ज्ञानदीप कलेजका छात्र कपिल बोहरा उत्कृट नतिजासहित नेपाल दोस्रो भएका हुन ।

बिसीए संकायतर्फ ज्ञानदीप कलेजका छात्र कपिल बोहराले सातौ ब्याचतर्फको परीक्षामा ३ दशमलव ८२ प्रतिशत अंक ल्याएर नेपाल दोस्रो स्थान हासिल गर्न सफल भएको कलेजका भ्वाइस प्रिन्सिपल मनोजकुमार केसीले जानकारी दिएका छन् । प्रिन्सिपल केसीका अनुसार बोहरासहित सोही संकायमा अध्ययनरत सतप्रतिसत विद्यार्थीले परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उतिर्ण हुन सफल भएका छन ।

यस कलेजले विविए, विएसिसिएसआईटी, विबिए, विएस्सी, विविएस र विए संकायमा अध्यापन गराउँदै आएको छ । ज्ञानदीप कलेज दाङ जिल्लाकै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको कलेजको रुपमा परिचित छ । विद्यालयले विभिन्न समय र संकायमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

Blog Post Ad Blog Post Ad