Ad Area

बबई लिफ्टिङ आयोजना : ७४ प्रतिशत काम, बैशाखसम्म पानी ल्याउने तयारी


दाङ, १५ भदौ । घोराहीमा बबई लिफ्टिङ खानेपानी आयोजनाको ७४ प्रतिशत काम सकिएको छ । बबईको पानी घोराही बजारसम्म ल्याउने गरी २०७९ असार २९ मा ठेक्का सम्झौता भएर काम सुरु भएको खानेपानी आयोजनाको दुई वर्षको अवधिमा करिब ७४ प्रतिशत काम सकिएको हो ।

घोराहीको बढ्दो जनसङ्ख्यालाई मध्येनजर गरेर खानेपानी समस्या दीर्घकालीन रूपमा समाधा गर्ने गरी घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले यो योजनालाई गौरवको आयोजनाका रूपमा अघि बढाएको थियो । बबई लिफ्टिङ आयोजना अन्तर्गत ट्रान्समिसन पाइपलाइन विस्तारदेखि पानी सङ्कलनका लागि ट्याङ्की निर्माणलगायतका काम सकिएका छन् भने उपभोक्ताको घरसम्म पानी पु¥याउन पाइपलाइन विस्तार भइरहेको छ । भिमेश्वर ड्रिलिङ तथा निर्माण कम्पनीले ४९ करोड ८५ लाख ४९ हजार छ सय ७५ रुपैयाँको लागतमा बबई लिफ्टिङ आयोजनाको काम गरिरहेको छ ।

बबई लिफ्टिङ खानेपानी योजना अन्तर्गत हालसम्म घोराही उपमहानगरपालिका–७ शुक्रवारदेखि घोराही उपमहानगरपालिका–१४ झिँगौरासम्मको करिब २३ दशमलव दुई किलोमिटरमा चार सय एमएमको डिआई ट्रान्समिसन पाइपलाइन विच्छ्याउने र पानी सङ्कलनका लागि ट्याङ्की निर्माणको काम लगभग सकिएको भिमेश्वर ड्रिलिङ तथा निर्माण कम्पनीका आयोजना व्यवस्थापक विष्णु कुमाईले जानकारी दिएका छन् । उनका अनुसार ट्रान्समिसन पाइपलाइन विस्तारको काम सकेर अहिले डिस्ट्रिव्युसनको २८ दशमलव छ किलोमिटर क्षेत्रमध्ये एक किलो मिटर क्षेत्रमा पाइपलाइन विच्छ्याउने काम सकिएको छ ।

आयोजना अन्तर्गत अब झिँगौरामा दुई सय घनमिटरको आरभिटी ट्याङ्कीसँगै ट्याङ्कीबाट उपभोक्ताको घरसम्म पानी पु¥याउन २७ किलोमिटर पाइपलाइन विस्तार गर्ने काम शुक्रवारमा पानी ट्रिटमेन्ट प्लान्टसहित बालुवा छान्ने, ‘¥यापिड स्यान्ड फिल्टर, प्रेसर फिल्टर, ६ सय घनमिटरको पानी सङ्कलन गर्ने आरभिटी ट्याङ्की निर्माण गरिएको छ । यसैगरी घोराही–७ बेसाहीमा गार्ड बस्ने घरसहित तीन सय घनमिटरको पानी सङ्कलन गर्ने आरभिटी ट्याङ्की, घोराही–१४ झिँगौरामा तीन सय घनमिटरको आरभिटी ट्याङ्की र चार सय ५० घनमिटरको ओभरहेड ट्याङ्की, चार वटा डिपबोरिङ खन्ने काम सकिएको छ । आयोजना अन्तर्गत एक सय ५० मिटर गहिराइ भएका पाँच वटा डिप बोरिङमध्ये एउटा मात्र बनाउनु पर्ने छ ।

खानेपानीको आयोजनाको निर्माणको काम ठेक्का सम्झौता अनुसार दु्रत गतिमा भइरहेको भन्दै निर्माणको क्रममा बजेट अभाव नभए आउने वैशाख–जेठ महिनासम्म घोराहीमा पानी ल्याउन सकिने घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव धर्मेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । बबई लिफ्टिङ खानेपानी आयोजनाको काम सन्तोषकजनक रूपमा अघि बढेको भन्दै सचिव श्रेष्ठले भने, ‘निर्माणका क्रममा कुनै समस्या नभए सम्झौता मिति अघि नै निर्माणको काम सकिने छ ।’

घोराहीमा हरेक दिन प्रतिसेकेण्ड एक सय ३० देखि ३५ लिटर अर्थात करिब एक करोड लिटर पानी उत्पादन गरेर उपभोक्तालाई वितरण गर्ने लक्ष्य संस्थाको रहेको छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले गौरवको आयोजना भनेको बबई लिफ्टिङ सहलगानी आयोजना पूरा भएपछि करिब ३० वर्षसम्म दैनिक २४ सै घण्टा पानी उपभोक्ता माझ पु¥याउन सकिने घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देवीबहादुर डिसी बताउँछन् । तत्कालका लागि घोराहीमा खानेपानी समस्या नभए पनि दीर्घकालीन रूपमा आउन सक्ने समस्यालाई मध्यनजर गरेर बबई लिफ्टिङ आयोजनालाई अघि बढाइएको भन्दै अध्यक्ष डिसीले भने, ‘योजना सञ्चालनमा आएपछि घोराहीमा नयाँ १०÷१२ हजार बढी घरधुरी थपिँदासम्म समेत खानेपानीको समस्या हुने छैन ।’

Blog Post Ad

यो घोराहीको ठुलो योजना भएको भन्दै यो निर्माणसँगै घोराहीमा खानेपानीको सम्पूर्ण समस्याको अन्त्य गर्ने बताए । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले अहिले दैनिक आठ हजार बढी ग्राहकलाई सार्वजनिक र निजी धारामार्फत् दैनिक पानी वितरण गर्दै आएको छ । पानी वितरणका लागि घोराही उपमहानगरपालिका वडा नं. १४ र १५ अन्तर्गत खानेपानीका समस्या भएका विभिन्न टोलमा पाइपलाइन विस्तार गरिने छ । निर्माणको काम भइरहेको बबई लिप्mिटङ खानेपानी आयोजनाको प्रगतिबारे शुक्रवार घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीलगायतले टोलीले स्थलगत अनुगमन समेत गरेको थियो । खानेपानी योजनाको वित्तीय प्रगति ७४ दशमलव ५ प्रतिशत रहेको छ । निर्माण सक्नुपर्ने म्याद २०८२ असार ३० गतेसम्म रहेको छ ।

Blog Post Ad Blog Post Ad