Ad Area

‘महिलाको नेतृत्वदायी भूमिका आवश्यक’


 

सुशीला वली
दाङ, १६ भदौ । घोराही उपमहानगरपालिका नगर उपप्रमुख हुमा डिसीले राज्यका हरेक तहमा महिलाको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताएकी छन् । महिलालाई निर्णायक तहमा पु¥याउन अनतरपुस्ता महिलावादी मञ्चले थालेको अभियान अन्तर्गत शनिवार घोराहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख डिसीले महिलालाई पदसँगै अवसरको आवश्यक रहेको बताएकी हुन ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङलगायतका विभिन्न महिलावादी संघसंस्थाले आयोजना र अन्तरपुस्ता महिलावादी मञ्चको संयोजनमा भएको कार्यक्रमलाई शनिवार घोराहीमा भएको अनुपम ¥यालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उप्रमुख डिसीले आगामी निर्वाचनमा महिलालाई नेतृत्वको मूल तहमा सहभागी हुन पुरुषले सहयोगीको भूमिका निर्वाह गर्नु पर्ने बताइन् । महिलाले राज्यको हरेक तहमा कुशलतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम रहेको भन्दै उपप्रमुख डिसीले भनिन्, ‘महिलालाई पदमा राख्ने मात्र होइन नेतृत्वदायी भूमिकाको अवसर आवश्यकता हो ।’

त्यसका लागि पुरुषहरू पितृ सत्तातत्मक सोच र चिन्तनबाट माथि उठेर देशको आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढ्न आवश्यक रहेको बताएकी थिइन् । महिलालाई निर्णायक तहमा पु¥याउन अन्तरपुस्ता महिलावादी मञ्चले थालेको अभियानमा ऐक्यबद्धता जनाउँदै नगर उप्रमुख डिसीले नेपालको संविधान २०७२ ले राज्य संयन्त्रको हरेक तहमा ३३ प्रतिशत सहभागिताको सुनिश्चितता गरेकाले स्थानीय तहदेखि प्रदेश र सङ्घीय संसद्मा महिलाको सहभागिता बढेको तर नेतृत्व तहमा पुग्न कठिन रहेको बताइन् ।

कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका अध्यक्ष निर्मला गौतम रेग्मीले अन्तरपुस्ता महिलावादी मञ्ंचले सुरु गरेको अभियानको सराहना गर्दै महिलाको योगदान, सिप र क्षमतालाई कदर गर्दै नेतृत्व तहमा पु¥याउन आवश्यक रहेको बताइन् । महिलालाई अवसरको आवश्यकता रहेको भन्दै त्यसका लागि आफ्नो क्षमता विकासमा महिलाले ध्यान दिनु पर्ने बताइन् ।

कार्यक्रममा सिसा नेपालका अध्यक्ष साजिदा सिद्दिकीले हरेक जातजातिका महिला नेतृत्वका लागि क्षमतावान् र सक्षम रहेको भन्दै त्यसका लागि अवसर दिनु पर्ने बताइन् । पितृसत्तात्मक सोचका कारण महिलालाई अहिले पनि नेतृत्वमा पुग्न नदिने र उप वा सदस्यमै राख्ने प्रवृत्ति देखिएकाले यसका लागि महिला अझै लड्नु पर्ने अवस्था सिर्जना गरेको बताइन् । कार्यक्रममा नेपाल पत्रकार महासघ दाङका निवर्तमान उपाध्यक्ष लीला शाहले अनुपम यात्रा अभियानमा पत्रकारहरूको ऐक्यबद्धता रहेको भन्दै महिलालाई नेतृत्वतहमा पु¥याउन थालेको अभियान प्रशंसनीय भएको बताएकी थिइन् ।

Blog Post Ad

अनुपम यात्रामा सहभागी अभियन्ता ओजस्पी राईले महिला नेतृत्वका लागि सक्षम रहेको भन्दै त्यसका लागि अवसर दिनु पर्ने बताइन् । संविधानले अधिकार प्रदान गरे पनि राजनीतिदेखि विभिन्न संघसंस्थामा अहिले पनि महिलालाई कार्यकारी पदभन्दा अन्य पदमा राख्ने प्रवृत्ति देखिएको भन्दै त्यसमा सुधार गर्न अनुपम यात्राको थालनी भएको बताएकी थिइन् । महिलाको सहभागिता मात्र होइन, नेतृत्व आवश्यक भएको भन्दै उनले आगामी निर्वाचनमा हरेक क्षेत्रमा महिला नेतृत्वका लागि तयार हुनु पर्ने बताएकी थिइन् ।

Blog Post Ad Blog Post Ad