Ad Area

बँदेलको आक्रमणबाट बबईमा एक जना जना गम्भिर घाइते


दाङ,१९ भदौ । दाङमा बँदेलको आक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् । बबई गाउँपालिका वडा नं. ७ मलई निवासी ३५ बर्षीय रेशम बाँठा मगरलाई बँदेलले आक्रमण गरेर घाइते बनाएको हो ।

बुधबार विहान ३ बजेतिर बारीमा मकै खान आएका बँदेल धपाउने क्रममा बँडेलले आक्रमण गरेरको हो । बँदेलको आक्रमणबाट खुट्टा, हात, मुखमा चोट लागेको छ । घाइते मगरलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । मलईमा बाँके राष्ट्रिय निकुञ्जका बँदेल बारीमा आएर मकै खाने गर्दछन् ।

बँदेलको आतङकबाट मलईबासीले सास्ती बेहार्नु परेको छ । बँदेलले बारीमा उत्पादन गरेका मकै नष्ट गर्ने गरेको बँदेल धपाउन खोज्दा हरेक बर्ष मानिसलाई आक्रमण गरेर घाइते पार्ने गरेको छ ।

Blog Post Ad Blog Post Ad