Ad Area

प्रथम कुवेर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता हुने


लक्ष्मण बस्नेत
दाङ,१९ भदौ । दाङको तुलसीपुरमा स्वर्गीय कुबेरबहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ । नेपाली कांग्रेस तुलसीपुर नगर समितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको प्राबिधिक ब्यबस्थापनमा अरनिको खेल मैदान तुलसीपुरमा संचालन हुने प्रतियोगिता आउँदो असोज ३ गतेदेखि सुरु हुनेछ ।

नेपाली कांग्रेस तुलसीपुर नगर समितिको भदौ १८ गते बसेको बैठकले तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको बिकास र बिस्तारमा अतुलनीय योगदान पु¥याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेरबहादुर शाहको स्मृती तथा सम्झनामा खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको नगर सभापती सुरेश हमालले जानकारी दिएका छन् ।

‘कुबेरबहादुर शाह राप्ती अञ्चलकै खेलकुद क्षेत्रको हस्ती हुनुहुन्थ्यो, उहाँले खेलकुद क्षेत्रमा खर्चेको समय र लगानी सबै खेलाडीका स्मरण गर्न योग्य छ तर बिडम्बना हालसम्म खेलकुद सम्बद्ध सरोकारवा निकायले सम्झन नसक्दा स्मृती कप भलिबलको आयोजना गर्दै छौ’,नगर सभापति सभापती हमालले भने ।

नगर उपसभापति बिनिल केसीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता आउँदो असोज ३ देखि ५ गतेसम्म संचालन गर्ने र प्रतियोगितालाई भब्य एवं सभ्य तवरले सम्पन्न गर्न सबै प्रकारका तयारीलाई तिव्र पार्ने निर्णय गरेको नगर सचिव बिमल पौडेलले जानकारी दिएका छन् ।

स्मृती कपमार्फत नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङलगाएत अन्य जिल्लाका १२ बढी टिमको सहभागिता रहने प्राबिधिक ब्यवस्थापनको जिम्मा पाएको फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु यरीले जानकारी दिएका छन् ।

३ दिनसम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद एक लाख पाँच हजार,कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद ६५ हजार र ३५ हजार रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

Blog Post Ad

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिनेछ । जसअनुसार बेष्ट प्लेयर, बेष्ट सेटर, वेष्ट सर्भर, वेष्ट स्पाइकर,वेष्ट ब्लकर र वेष्ट लिब्रो लाई नगद ,ट्रफि तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सहभागिता जनाउने टिमका लागि टिम दर्ता शुल्क ५ हजार रुपैयाँ राखिएको आयोजकले बताएकोछ ।

Blog Post Ad Blog Post Ad