Ad Area

अन्तरविद्यालय स्तरीय बास्केट बल प्रतियोगिताको उपाधि गुरुकुल ‘ए’ टीमलाई


घोराही, २० भदौ । अन्तरविद्यालय स्तरीय बास्केट बल प्रतियोगितामा गुरुकुल एकेडेमीको समूह ‘ए’ ले उपाधि जितेको छ । बिहीबार भएको उपाधि भिडन्तमा गोरखा बोर्डिङ स्कुल घोराहीलाई गुरुकुल एकेडेमीको समूह ‘ए’ ले ६६–६३ अंकका साथ हराउँदै उपाधि जितेको हो ।

घाेराही–१५ रतनपुरमा रहेकाे गुरुकुल एकेडेमीको आयोजनामा भाद्र १७ गतेबाट भएको प्रतियोगितामा १० वटा विद्यालयको सहभागीता रहेको थियो । आफ्नो टीमलाई जित दिलाउन महत्वपूर्ण भुमिका खेल्नुभएका गुरुकुल एकेडेमीका आदित्य थकाली मोस्ट भ्यालुयबल प्लेयर हुनुभयो ।

यसैगरी, राईजिङ स्टारका रुपमा गोरखा बोडिङका सुमन घर्ती मगर हुनुभयो । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने सबै खेलाडीलाई ट्रफि प्रदान गरिएको थियो भने विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

यसैबीच, तेस्रो स्थानको लागि भएको पहिलो खेलमा गोरखा बोर्डिङ ‘बि’ समुहले जित हासिल गरेको छ । गुरुकुल एकेडेमी ‘बि’ समुहलाई ४२–२१ अंकका साथ गोरखा बोर्डिङ स्कुल ‘बि’ समुह तेस्रो हुन सफल भएको हो ।

प्रतियोगिता समापन समारोह गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद विकास समिति सदस्य सचिव तिरनराज गौतमको प्रमुख आतिथ्यमा भएको थियो ।

Blog Post Ad

सो अवसरमा प्रमुख अतिथि गौतमले बास्केट बल खेललाई अगाडि बढाउन र खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरेको भन्दै आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा बास्केटबल संघ दाङका अध्यक्ष बिपिन केसी, गोरखा बोर्डिङ स्कुलका प्रिन्सिपल मानसिङ घर्ती, गुरुकुल एकेडेमीका सांस्कृतिक प्रमुख तथा बास्केट बल प्रशिक्षक भुगोल कँवर मगरलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण आइएसए संयोजक इन्द्रकुमार पोख्रेलले गर्नुभएको थियो ।

चार दिनसम्म भएको प्रतियोगिताको अफिसिएल प्रमुखमा मन्दिप गिरी रहनुभएको थियो भने राजेश्वरी चौधरी, अशोक बस्नेत, आयुस नेपाली, बिशाल केसी अफिसियल रहनुभएको थियो । प्रतियोगिताको रेफ्रीमा प्रज्वलसिङ थापा, किरण महतरा, मोहन थापा, जेनिस रोका र भुगोल कँवर मगर रहनुभएको थियो । गुरुकुल एकेडेमीले अघिल्लाे पटककाे प्रतियाेगितामा पनि उपधि जितेकाे थियाे ।

Blog Post Ad Blog Post Ad