Ad Area

सल्यान जिल्लास्तरीय काभ्रा कप फुटबल प्रतियोगिता हुने


लक्ष्मण बस्नेत
दाङ,२४ भदौ । सल्यान जिल्लास्तरीय काभ्रा कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । काभ्रा फुटबल क्लब त्रिवेणी–१ सल्यानको आयोजनामा त्रिवेणी–३ रिखे बजार खेल मैदानमा संचालन हुने भएको छ ।

प्रतियोगिता आउने असोजको १२ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष लेखनाथ महरले जानकारी दिएका छन् । फुटबल खेलको बिकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १० बढी टिमको सहभागिता रहने अध्यक्ष महरले जानकारी दिएका छन् ।

असोज १७ गतेसम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद एक लाखसहित कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता टिमले नगद ५० हजारसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फका खेलाडीलाई पुरस्कृत गरिनेछ । जसअनुसार बेष्ट प्लेयर हुने खेलाडीलाई नगद ३ हजार, ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै बेष्ट किप्पर र हाई स्कोरर लाई नगद दुई÷ दुई हजार,ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव तथा प्रतियोगिताका संयोजक पुष्पकमल विष्टले जानकारी दिएका छन् ।

प्रतियोगितामा सहभागीताका लागि असोज ५ गतेसम्म टिम दर्ताका लागि अन्तिम समय सिमा तोकिएको प्रतियोगितामा सहभागी हुने टिमका लागि टिम दर्ता शुल्क १० हजार रुपैयाँ राखिएकोछ । यसैबिच प्रतियोगिताको तयारीलाई तिव्र पारिएको आयोजकले बताएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad