Ad Area

बिपी जयन्तीमा कांग्रेस दाङद्वारा कविता प्रतियोगिता, गोरखाका देवकोटा प्रथम


घोराही, २४ भदौ । नेपाली कांग्रेस दाङले आयोजना गरेको ‘अन्तर माध्यामिक विद्यालयस्तरीय कविता प्रतियोगितामा गोरखा इन्टरनेशनल पव्लिक माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी आयुष देवकोटा प्रथम भएका छन् ।

नेपाली कांग्रेस दाङले १११ औँ बिपी जयन्तीका अवसरमा सोमवार घोराहीमा आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगितामा प्रतियोगितामा सहभागी ६० बढी विद्यार्थीलाई पछि पार्दै देवकोटा प्रथम भएका हुन ।

प्रथम भएका विद्यार्थी देवकोटाले नगद दश हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी प्रतियोगितामा घोराहीको पद्मोदय नमूना माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सुप्रिया शर्मा द्धितिय, सिद्धार्थ एकेडेमी घोराहीमा कक्षा ८ मा अध्ययनरत अंशु पौडेल तृतीय हुन सफल भए । द्धितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीले नगद सात हजार र पाँँच हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी प्रतियोगितामा बिपी कोइराला माध्यामिक विद्यालय बयालेमा अध्ययनरत सुजाता पंगाली र सिद्धार्थ एकेडेमी घोराहीमा अध्ययनरत इप्सा न्यौपानेले सान्त्वना स्थान प्राप्त गरे । सन्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीले नगद १५÷१५ सयसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सस्थापक नेता विपी कोइरालाको राजनीतिक, सामाजिक योगदान तथा जीवनीको चर्चा गरेका थिए । कार्यक्रममा सहभागी विद्यार्थीले बिपीको जीवन र दर्शनलाई आफ्नो सृजनशीलताका माध्यमबाट उजागर गर्दै नेपालको राजनीतिक परिवर्तनसँगै भाषा, साहित्यको विकासमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति एवं पूर्वमन्त्री राजु खनालले बिपीको योगदानको चर्चा गर्दै जहानिया राणा शासनको अन्त्य गर्दै जनतालाई अधिकार सम्पन्न बनाउनेदेखि आधुुनिक नेपालको निर्माणका लागि नेतृत्वदायी भूमिका खेलेको बताए ।

Blog Post Ad

बिपीले आफ्नो राजनीतिक यात्रा मात्र नभई साहित्यिक योगदानबाट पनि नेपाली समाजलाई नयाँ दिशा दिन सफल भएको भन्दै उनले नेपाली राजनीति र साहित्यमा महत्वपूर्ण योगदान रहेको बताए । कविता प्रतियोगिताको निर्णायकमा साहित्यकार खगराज न्यौपाने, गोविन्द पौडेल र सन्ध्या रेग्मी रहेका थिए । प्रतियोगितामा ६० बढी विद्यार्थी सहभागी भएपनि कार्यक्रममा उत्कृष्ठ कविता छनोट गरेर ३६ जनालाई सहभागी गराइएको थियो ।

Blog Post Ad Blog Post Ad