Ad Area

सुनिल पुन स्मृति फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा राईजिङ स्टार बिजयी


नारायणपुर, ३ असोज । घोराही उपमहानगरपालिका–१० मा स्व. सुनिल पुनको स्मृतिमा प्रथम रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजना र प्रकृति लोक सांस्कृतिक क्लब नारायणपुरका व्यवस्थापनमा फुटबल प्रतियोगिताको सुरु भएको हो ।

प्रतियोगिताको विहीवार लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गरेका हुन । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री न्यौपानेले सरकारले खेलकुदको विकासकालागी प्रभावकारी काम गर्न नसकेको भन्दै सबै तहले खेलकुदको विकास र खेलाडीहरुको प्रोत्साहनकालागी काम गर्न आवश्यक रहेको बताए । उनले दाङमा पछिल्लो समय विविध विधाका खेलकुदमा खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको भन्दै यसलाई कायम राख्दै सरकारले काम गर्नुपर्ने बताए ।

खेलाडीहरु खेल खेलेर आत्मनिर्भर बन्न नसक्ने वातावरणका कारण दक्ष खेलाडीहरु पलायन हुनुपरेको अवश्था रहेकाले खेल खेलेर जिविका चलाउन सक्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको मन्त्री न्यौपानेको भनाई थियो । उनले सुनिल पुन स्मृति रानिङ शिल्ड फुटबल प्रतियोगिताको निरन्तरताका लागि आग्रह गर्दै प्रतियोगितका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
घोराही उपमहानगरपालिका वडा न. १० का वडा अध्यक्ष दिपक पाण्डेले वडा कार्यालयले हरेक खेलकुदलाई प्रोत्साहन गर्दै आएको बताउदै खेलको माध्यमबाट खेलाडीहरुले वडाको पहिचान दिन सफल भएको बताए । खेलप्रति खेलाडीहरुलाई आकर्षित गर्न वडाले कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।

कार्यक्रममा नेकपा एमाले घोराही उपमहानगरपालिका १० का अध्यक्ष तिलक महरा, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए । रनिङ शिल्ड आयोजक समितिका संयोजक खुमबहादुर पुनको अध्यक्षता तथा उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेको प्रमुख आतिथ्य र स्वं सुनिल पुनको आमा हिरादेवी पुन मगरको विशिष्ठ आतिथ्यमा भएको थियो । न्यू स्टार फुटबल एकेडेमी नारायणपुरका अध्यक्ष खुमबहादुर वलीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण न्यू स्टार फुटबल एकेडेमीका सचिव बिनोद बिकले गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ६१ हजार १ सय ११, द्धितिय हुनेलाई ३१ हजार १ सय ११ कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विभिन्न विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि जनही २ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

उद्घाटन खेलमा राईजिङ स्टार बिजयी

Blog Post Ad

प्रतियोगिताको उद्घाटन खेलमा राइजिङ स्टार युथ क्ल्ब हापुर बिजयी भएको छ । क्यासपियन स्कूल घोराही ५ लाई ४–१ गोल अन्तरले पराजित गर्दै राइजिङ स्टार बिजयी भएको हो । शुक्रवार दिउसो २ बजे ज्ञानज्योती तुलसीपुर र घोराही १७ बिच हुने छ भने दिउँसो ४ बजे हापुर युथ क्लब र जनजागृती मावि (गाउले) बिच खेल हुनेछ ।

Blog Post Ad Blog Post Ad