Ad Area

प्रथम कुबेर बहादुर शाह स्मृति कप भलिबल जारी, शनिवार सेमिफाइनल र फाइनल खेल हुने


लक्ष्मण बस्नेत
दाङ,४ असोज। दाङको तुलसीपुर अरनिको मैदानमा जारी स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ मा शनिबार सेमिफाईनल र फाईनल खेल हुने भएका छन् ।

नेपाली कांग्रेस तुलसीपुर नगर कार्यसमितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको प्राबिधिक ब्यबस्थापनमा संचालित प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा एच आर मिडिया हाउस तुलसीपुर र ग्रेट अरनिको माबी तुलसिपुर भिड्नेछन् । खेल बिहान सात बजेदेखि सुरु हुनेछ ।
त्यस्तै दोस्रो सेमिफाईनलमा हेलो मोबाईल ए र ज्ञानज्योती कलेज तुलसिपुर आमनेसामने हुनेछन् । आज शुक्रबार सम्पन्न खेलमा लियो क्लब अफ तुलसिपुर लाई २-० को सोझो सेटमा पराजित गर्दै ग्रेट अरनिकोले सेमिफाइनल यात्रा तय गरेको हो ।

त्यस्तै दङ्गिशरण गाउपालिकालाई २-० को सोझो सेटमा पराजित गर्दै एच आर मिडिया हाउस सेमिफाइनल प्रवेश गरेको हो । त्यसैगरी ड्राईभर स्टाप रोल्पालाई सोझो सेटमा पराजित गरि हेलो मोबाईल ए ले सेमिफाइनल यात्रा तय गर्दा ज्ञानज्योती कलेज हेलो मोबाईल बिलाई २–० को सोझै सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको प्राबिधिक संयोजक राजु यरीले जानकारी दिएका छन् ।

तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको बिकास र बिस्तारमा अतुलनीय योगदान पुर्‍याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेर बहादुर शाहको स्मृती तथा सम्झनामा नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको बिजेता टिमले नगद एक लाख पाँच हजार,कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद ६५ हजार र ३५ हजार रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडीलाई पुरस्कृत गरिनेछ । जसअनुसार बेष्ट प्लेयर हुने खेलाडीले तीन हजार पाँच सय, नगद ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै बेष्ट सेटर, वेष्ट सर्भर, वेष्ट स्पाइकर,वेष्ट ब्लकर र वेष्ट लिब्रो लाई क्रमशः जनही दुई हजार पाँच सयका दरले नगद तथा ट्रफी,प्रदान गरिने नेपाली काग्रेस तुलसीपुर नगर कार्यसमिति सदस्य गोरख वलीले जानकारी दिएका छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad