Ad Area

प्रथम सुनिल पुन स्मृति फुटबलमा क्वाटरफाइनल समिकरण पूरा


घोराही, ५ असोज । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरस्थित विपि वाटिका खेलमैदानमा जारी  प्रथम सुनिल पुन स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगितामा शनिबार भएको खेलमा आयोजक न्यु स्टार फुटबल एकेडेमी सेतो, न्यु स्टार फुटबल एकेडेमी कालो र युनाईटेड लालमटिया युवा क्लव विजयी भएका छन् ।

न्यू स्टार फुटबल क्लबका पूर्व खेलाडी एवम् प्रकृति लोकसांस्कृतिक क्लबका संरक्षक रहेका सुनिल पुनको स्मृतिमा आयोजित रनिङ शिल्ड प्रतियोगिताको पहिलो चरणको अन्तिम खेलमा युनाईटेड लालमटिया युवा क्लबले घोराहीको बुद्ध स्पोर्ट्स क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाईनलमा प्रवेश गरेको छ । यसअघि शनिबार दिउँसो २ बजे भएको खेलमा न्यु स्टार फुटबल एकेडेमीले गुर्जे युवा क्लबलाई टाईब्रेकरमा ४-२ गोलले हरायो । निर्धारित समयमा दुवै टीमले १-१ गोलको बराबरी खेलेपछि खेल टाईब्रेकरमा पुगेको थियो ।
यसैगरी शनिबार बिहान भएको अर्को खेलमा न्यु स्टार फुटबल एकेडेमी सेतोले डाँफे युवा क्लबलाई ६-२ गोलले हरायो ।

न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजना र प्रकृति लोक सांस्कृतिक क्लब नारायणपुरको व्यवस्थापनमा भईरहेको प्रतियोगितामा अब आईतबारदेखि क्वाटफाईनलका खेल हुनेछ ।
प्रतियोगिता अन्तरगत आईतबार दिउँसो २ बजे पहिलो क्वाटरफाइनलमा राईजिङ स्टार हापुर र घोराही १७ बिच खेल हुनेछ । यस्तै अपरान्ह ४ बजेपछि दोस्रो क्वाटरफाइनलमा हापुर युथ क्लव र लुम्बिनी फुटबल एकेडेमी बिच खेल हुने आयोजकले जनाएको छ ।

असोज ९ गते हुने फाईनल खेलमा विभिन्न १४ टीमको सहभागीता रहेको छ । प्रतियोगितामा प्रथम हुने टीमले नगद ६१ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेता हुने टीमले ३१ हजार १ सय ११ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसैगरी, प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि जनही २ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad