Ad Area

राष्ट्रियस्तरको प्रतियोगितामा अल्फाको उत्कृष्ट प्रदर्शन


दाङ,६ असोज । प्रथम सुदुरपश्चिम शिवपुरी खुल्ला फ्रेन्डसिप राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङको टिम तेस्रो हुन सफल भएको छ ।

शिवपुरी तेक्वान्दो डोजाङ्गको आयोजनामा यहि असोजको २ गतेदेखि ५ गतेसम्म सुदुरपश्चिमको धनगडीमा भएको प्रथम सुदुरपश्चिम शिवपुरी खुल्ला फ्रेन्डशिप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०८१ मा १३ स्वर्ण, ८ रजत र १६ काश्य गरि ३७ पदक जित्दै प्रतियोगितामा दाङको घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङ समग्रमा प्रतियोगिताकै तेश्रो हुन सफल भएको हो । प्रतियोगितामा तेश्रो बनेको अल्फाले नगद ३० हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको थियो । जसमा टिम बुटवल २१ स्वर्णसहित प्रथम र १७ स्वर्णसहित कञ्चनपुरको टिम दोश्रो भएको थियो भने अल्फाले कुल १३ स्वर्ण जोडेको थियो ।


अल्फाका लागि पुम्से विधातर्फ बिमल योगी र निर्मा विष्टले १७ बर्षमुनि जोडी, बिमल योगी, जस्मिन चौधरी र किशोर रोकाको समूह १७ बर्षमुनि, हेमन्त जिएम, युवराज वली र बिनिम घर्ती १४ बर्षमुनि, रोशन हमाल, कृष्ण पुन र कमल खड्का ३० बर्षमुनि, एन्जल थापा,आयुशा सिंह ठकुरी र प्राप्ति रोका १२ बर्षमुनि, युग डाँगी, सागर जिएम र सुशील रोकाको समुहले सोही उमेर समूहमा गरि पुम्सेतर्फ जम्मा ६ स्वर्ण जित्न सफल भएका थिए ।

भने फाइटतर्फ शिशिर थापाले ३१ केजी चिल्ड्रेन, पवन विक ३७ केजी चिल्ड्रेन, युग डाँगी चिल्ड्रेन ४५ केजी, जस्मिन चौधरी, ५१ केजी जुनियर, शारदा केसीले ५३ केजी सिनियर, बन्दना चौधरीले ५९ केजी सिनियर, बिनम बुढामगर ७३ केजी सिनियर गरी जम्मा फाइटतर्फ सात स्वर्ण जोड्दै अल्फाका लागि कुल १३ स्वर्ण पदक जित्न सफल भएका हुन । त्यसैगरी प्रतियोगितामा सिनियर ३० बर्षमाथि एकल पुम्सेतर्फ दामु शर्मा, सिमा कँवर एकलमा १७ बर्षमाथि, ग्रुप पुम्सेमा १४ बर्षमुनिमा पवन विक,टाइसन विष्ट र शुभम केसी, सोही समुहको महिलातर्फ बिमक्षा केसी, आयुशा सिंह ठकुरी र सुगारिका सेढाईले गरि जम्मा पुम्सेतर्फ चार रजत पदक जिते ।

त्यसैगरी फाइटतर्फ २६ केजी चिल्ड्रेनमा स्वर्णीम शाही, ४८ केजी क्याडेटमा मिलन वली, जुनियरमा ५५ केजीमा अन्जना विष्ट र ५९ केजी जुनियरमा निशा पुन गरी जम्मा चार रजत जोड्दै समग्रमा टिमका लागि आठ रजत पदक जित्न सफल भएका हुन ।

त्यसैगरी एकल पुम्सेतर्फ निर्मा विष्ट, अस्मिता बुढा र सुगारिका सेढाई, पेयरतर्फ आयुशा सिंह ठकुरी र हेमन्त जिएमकासाथै सुगारिका सेढाई र बिनिम बुढामगर र समुह पुम्सेमा बिकास जिएम, आदित्य सुनार र गुमान घर्तीले गरि पुम्सेतर्फ छ काश्य पदक र फाइटतर्फ सुभम केसी, महेश वली, टाइसन विष्ट, हेमन्त जिएम, कृष्ण पुन, मिलन वली, किरन घले, बिमक्षा केसी, जीबा जिएम र प्रसंशा श्रेष्ठ गरी जम्मा दशसहित टिमका लागि प्रतियोतिगामा १६ काश्य पदक जित्न सफल भएका हुन ।

Blog Post Ad

प्रतियोगिताको टिम कोचका रुपमा दामु शर्मा र सौरभ परियार रहेका थिए । सो प्रतियोगितामा देशभरका विभिन्न डोजाङका करिव आठ सय बढी खेलाडीको सहभागीता रहेको थियो । प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङबाट कुल ४८ जना खेलाडी र दुई जना प्रशिक्षकको सहभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad