Ad Area

डिएलएद्वारा कांग्रेसका जिल्ला सभापति डाँगीलाई सम्मान


दाङ,१५ मंसिर । नेपाली कांग्रेस दाङका नवनिर्वाचित सभापति शंकरप्रसाद डाँगीलाई डेमोक्रेटिक लयर्स एशोसियशन ( डिएलए) दाङले सम्मान गरेको छ । डिएलए दाङका सस्थापक सचिव रहेका डाँगीलाई सस्थाले बुधवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

सम्मान ग्रहण गर्दै नवनिर्वाचित सभापति डाँगीले दाङमा अव बौद्धिक र पेशाकर्मीहरुलाई सँगसँगै लिएर अगाडी बढ्ने बताए । कांग्रेससँग वकिल, प्राध्यापक, शिक्षक, पत्रकार जस्ता बौद्धिक र पेशाकर्मीहरु सुभेच्छुकको रुपमा ठूलो संख्यामा रहेकाले देशमा प्रजातन्त्र सस्थागत गर्न उनीहरुको सहयोग लिन अन्यन्त आवश्यक रहेको बिचार व्यक्त गरे ।

त्यस अवसरमा डिएलएका केन्द्रीय सदस्य निर्मल गौतम, दाङ देउखुरी बारका सस्थापक अध्यक्ष भानुभक्त धिताललगायते शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहमा बिजयी डिएलएका सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।

डेमोक्रेटिक लयर्स एशोसियशन ( डिएलए) दाङका अध्यक्ष कुमारराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव किरण पौडेलले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य डिएलए दाङका उपाध्यक्ष भरतमणि न्यौपानेले गरेका थिए । डेमोक्रेटिक लयर्स एसशोसियन नेपाली कांग्रेसको शुभेच्छुक संगठन हो ।

Blog Post Ad Blog Post Ad