हिरा डाँगी स्मृति कप फूटबल जारी,युएनबिसीको सेमिफाइनल यात्रा तय
लक्ष्मण बस्नेत
तुलसीपुर,३ मङ्सिर । युएनबिसी नयाँ बजार घोराही दाङको तुलसीपुरमा जारी चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको सोमबार सम्पन्न खेलमा इनोभेटिभ ज्ञानज्योती क्लब तुलसीपुरलाई सर्ट एण्ड डेथमा ५ का विरुद्ध ६ गोलले पराजित गर्दै युएनबिसी घोराहीले सेमिफाइनल यात्रा तय गरेको हो । दर्शकले खचाखच भरिएको अरनिको मैदानमा भएको कडा प्रतिस्पर्धा, रोमाञ्चक अनि शानदार खेलमा दुबै टिम निकै आक्रामक रुपमा प्रस्तुत भईरदा युएनबिसीका जर्सी न १० खेलाडी हेनरीले फस्ट हाफ्को ४१ औ मिनेटमा स्कोर गर्दै टिम लाई १–० को अग्रता दिलाउन सफल भए ।
दोस्रो हाफ्को सुरुवाती चरणमा थप सशक्त प्रदर्शनमा उत्रिएको ज्ञानज्योतीका क्याप्टेन जर्सी नं. १६ का खेलाडी बिनोद केसिले दोस्रो हाफ्को २ औ मिनेटमा जवाफी गोल गर्दै टिम लाई १–१ को बराबरीमा पुर्याउन सफल भए । दोस्रो हाफ्मा तुप्रै गोल गर्ने सुनौला अवसर गुमाएका दुबै टिमले निर्धारित समयसम्म बरबरी खेलेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो ।
खेलको म्यान अफ द म्याच युएनबिसीका किप्पर सरिन जिसी भए । उनले म्यान अफ म्याचको नगद पुरस्कार १५ सय, ट्रफी र फुटबलका पूर्व खेलाडी मानबहादुर डाँगीलेको तर्फबाट ३ हजार हात पारे । त्यस्तै फस्ट गोल कर्ता युएनबिसिका हेनरी भए । उनले लक्ष्मण डागीले प्रदन गरेको नगद ३ हजार नगद पुरस्कार हात पारे ।
यसैबिच प्रतियोगिताको भोलि मंगलवार हुने खेलमा टरिगाउँ युवा क्लब र साहारा फुटबल क्लब लखनउ आमने सामने हुदैछ्न् ।खेल दिउँसो २ बजेदेखि सुरु हुने प्रतियोगिता मुल आयोजक समितिका संयोजक प्रितीबहादुर गिरि प्रेसले जानकारी दिएका छन् । कार्तिक ८ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद २ लाख २ हजार २ सय नगद पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद १ लाख १ हजार १ सय कप,मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यसैगरी प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तिगत बिधातर्फका खेलाडीलाई जनही ५ हजारका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ भने प्रत्येक म्याचको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १५ सय तथा ट्रफी प्रदान गरिनेछ। प्रतियोगितामा राईजिङ स्टार घोराही,युएनबिसी घोराही, ईनोभेटिभ ज्ञानज्योति, टरिगाउ युवा क्लब तुलसिपुर, छिमेकी राष्ट्र लखनउ भारतको साराहा फुटबल क्लब, स्काई फुटबल क्लब सुर्खेत,बिर्गेड ब्वाईज ललितपुर र कपिलवस्तु ११ गरि ८ टिमको सहभागिता रहेको छ ।