दाङमा डेढ लाख नगदसहित १७ जना जुवाडे पक्राउ
घोराही, १७ मङ्सिर । दाङमा प्रहरीले डेढ लाख बढी नगदसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका–१५ स्थित अमृत टोलमा ठाकुर खनालको घरमा जुवा खेलिरहेको समयमा प्रहरीले १७ जनासहित एक लाख ५२ हजार ५५ रूपियाँ र १६ थान कौडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिनुभएको छ ।
प्रहरी नायव उपरीक्षक थापाले गोप्य सूचनाका आधारमा आइतवार राती १० बजेको समयमा छापा हानेर घरबेटी ठाकुर खनालसहित १७ जना जुवाडेलाई पक्राउ गरिएको बताउनुभयो । जुवाडेलाई नियन्त्रणमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको समेत बताउनुभयो ।