Ad Area

दोस्रो घोराही नगरस्तरीय तेक्वान्दोमा अल्फा बन्यो च्याम्पियन


घोराही, २ पुस । दोस्रो नगरस्तरीय तेक्वान्दो च्याम्पियनसिप–२०८१ को उपाधि अल्फा तेक्वान्दो डोजाङ घोराहीले जितेको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा घोराही १७ धोब्बेस्थित भुपू सैनिक हलमा सोमबार र मंगलार दुई दिन भएको च्याम्पियनसिपमा अल्फा तेक्वान्दो डोजाङ १३ स्वर्णसहित च्याम्पियन भएको हाे । प्रतियोगितामा घोराही तेक्वान्दो डोजाङ ५ स्वर्णसहित दोस्रो भएको छ ।

पुम्सेमा ६ वटा, फाईटतर्फ १८ गरी कुल २४ स्वर्ण पदका लागि २६ डोजाङका खेलाडीले दोस्रो नगरस्तरीय तेक्वान्दो च्याम्पियनसिपमा प्रतिष्पर्धा गरेका थिए । प्रतियोगितामा महिलातर्फ नारायणपृुर डोजाङ लक्ष्मी राम्जाली र पुरुषतर्फ शान्तिसुधा डोजाङका महेश वली उत्कृष्ट खेलाडी भए ।

कुन डोजाङबाट कसले के जिते ?

प्रतियोगितामा पुम्से पुरुषतर्फ १२ वर्ष उमेर समुहमा अल्फा तेक्वान्दो डोजाङका सागर चौधरी प्रथम, अल्फाकै नमिब श्रेष्ठ द्वितीय, अल्फा र घोराही तेक्वान्दो डोजाङका गुमान पुन र इशान खड्का तृतीय भए ।

१५ वर्ष उमेर समुहमा अल्फा डोजाङका आयुष न्यौपाने, शान्तिसुधा डोजाङका युग डाँगी द्वितीय, अल्फा र न्यु मोडेल डोजाङका सुशील रोका र प्रशान्त सार्की तृतीय भए । १८ वर्ष उमेर समुहमा अल्फा डोजाङका जस्मिन चौधरी प्रथम, अल्फाकै बिमल योगी द्वितीय, शान्तिसुधा र घोराही डोजाङका किशोर रोका र निशानसिंह ठकुरी तृतीय भए ।

यसैगरी, पुम्से महिलातर्फ १२ वर्ष उमेर समुहमा अल्फा तेक्वान्दो डोजाङकी अस्मिता बुढा प्रथम, अल्फाकै प्राप्ति रोका द्वितीय, शान्तिसुधा र घोराही डोजाङका आयुषासिंह ठकुरी र आईशा गुरुङ तृतीय भए । १५ वर्ष उमेर समुहमा अल्फाकी निशा पुन प्रथम, नारायणपुर डोजाङकी अस्मिता केसी द्वितीय, नारायणपुर र घोराही डोजाङका लक्ष्मी राम्जाली र पूजा जिएम तृतीय भए ।

प्रतियोगिता अन्तरगत पुम्सेतर्फ १८ वर्ष उमेर समुहमा अल्फा डोजाङकी निर्मा बिष्ट प्रथम, अल्फाकै सिमा कवर द्वितीय, अल्फा र नारायणपुर डोजाङका वन्दना चौधरी र मनिषा बस्नेत तृतीय भए ।

यसैगरी, फाईटतर्फ महिला २१ केजी तौल समुहमा घोराही डोजाङकी मालिका बिक प्रथम, अल्फा डोजाङकी रश्मिका सुनार द्वितीय, नारायणपुर र बि एण्ड बि डोजाङका सलिना पौडेल र अरिपा अन्दाली तृतीय भए ।

पुरुष २१ केजी तौल समुहमा पर्ल एकेडेमी डोजाङका एओन दर्जी प्रथम, बि एण्ड बि डोजाङका अब्दुल फहत द्वितीय, बहुआयामिक र अल्फा डोजाङका आभाष महरा र आरभ बुढा तृतीय भए ।

महिला २५ केजी तौल समुहमा अल्फा डोजाङकी सुप्रिया श्रेष्ठ प्रथम, शान्तिसुधा डोजाङकी आरजु केसी द्वितीय, घोराही र अल्फाका सिंगर पुन र सिमरन खातुन तृतीय भए । पुरुष २५ केजी तौल समुहमा नारायणपुर डोजाङका पहाड पुन मगर प्रथम, घोराही डोजाङका आर्नभ मानन्धर द्वितीय, आदित्य पौडेल र बिप्सन श्रेष्ठ तृतीय भए ।

महिलाको २९ केजी तौल समुहमा घोराही डोजाङकी प्रकृति महरा प्रथम, घोराहीकै रश्मी योगी द्वितीय, शान्तिसुधा र रमना डोजाङका स्वर्णिम शाही र सदिक्षा बुढा तृतीय भए ।

पुरुषको २९ केजी तौल समुहमा घोराही डोजाङका इशान खड्का प्रथम, अल्फा डोजाङका गुमान पुन द्वितीय, नारायणपुरका सुनिल वली र सिमन बिक तृतीय भए ।

प्रतियोगिता अन्तरगत महिला ३३ केजी तौल समुहमा अल्फाकी अस्मिता बुढा प्रथम, नारायणपुर डोजाङकी सुष्मा खड्का द्वितीय, सिद्धरत्न नाथ र लिटिल एन्जलका एलिना कुमाखी र प्रतिक्षा बिएम तृतीय भए ।

पुरुष ३३ केजी तौल समुहमा शान्तिसुधाका मनिष वली प्रथम, अल्फाका शिशिर थापा द्वितीय, हापुर र घोराहीका अपिल घर्ती र यश बुढाथोकी तृतीय भए । महिला ३७ केजी तौल समुहमा नारायणपुरकी अस्मिता केसी प्रथम, घोराहीकी झरना विश्वकर्मा द्वितीय, घोराही र सिद्धरन्त नाथका प्रतिमा चौधरी र अंशु जिएम तृतीय भए । पुरुष ३७ केजी तौल समुहमा अल्फाका प्रतिक चौधरी प्रथम, शान्तिसुधाका आयुष वली द्वितीय, नारायणपुर र घोराहीका सिद्धार्थ रोका र आकाश नेपाली तृतीय भए ।

यसैगरी, पुरुष ४१ केजी तौल समुहमा अल्फाका रोजित खड्का प्रथम, रमना डोजाङका निरज वली द्वितीय, सिद्धरत्ननाथ र ज्ञानसिन्धुका मुकुन्द घर्ती र शिशिर पोख्रेल तृतीय भए । महिला ४१ केजी तौल समुहमा नारायणपुर डोजाङकी लक्ष्मी राम्जाली प्रथम, अल्फाका किरण घले द्वितीय, अल्फा र घोराहीका निशा पुन र भावना बुढा मगर तृतीय भए ।

पुरुष ४५ केजी तौल समुहमा घोराही डोजाङका युवबहादुर खड्का प्रथम, हापुर डोजाङका रुपेश मगर द्वितीय, घोराही र शान्तिसुधाका राजन बुढा मगर र सुजल परियार तृतीय भए । महिला ४५ केजी तौल समुहमा घोराही डोजाङकी आयुषा गुरुङ प्रथम, घोराहीकै पूजा जिएम द्वितीय, नारायणपुरका श्रृष्टि बिक र मनिषा बस्नेत तृतीय भए ।

प्रतियोगितामा पुरुष तर्फ ४९ केजी तौल समुहमा अल्फाका कमल खड्का प्रथम, अल्फाकै बसन्त बिष्ट द्वितीय, घोराही र शान्तिसुधाका मनिष घर्ती र युग डाँगी तृतीय भए । महिला ४९ केजी तौल समुहमा नारायणपुरकी गंगा सुवेदी प्रथम, अल्फाकी रोशनी बिक द्वितीय, सिद्धरत्ननाथका श्रृष्टि चौधरी र श्रृष्टि बुढा तृतीय भए ।

पुरुष ५३ केजी तौल समुहमा अल्फाका जस्मिन चौधरी प्रथम, घोराहीका अनमोल जिएम द्वितीय, शान्तिसुधा र अल्फाका किशोर रोका र स्टप झाँक्री तृतीय भए । महिला ५३ केजी तौल समुहमा अल्फाकी अन्जना बिष्ट प्रथम, अल्फाकै शारदा केसी द्वितीय, अल्फा र गोदावरीका वर्षा घर्ती र रन्जिता थापा तृतीय भए ।

प्रतियोगितामा पालिकाभरका २४ डोजाङका करिव ४ सय खेलाडीको सहभागीता रहेको दोस्रो नगरस्तरीय तेक्वान्दो च्याम्पियनसिप संयोजक दामु शर्माले जानकारी दिनुभयोे । नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समाराेहकाे सहजीकरण प्रतियोगिता संयोजक दामु शर्माले गर्नुभएको थियो ।