Ad Area

तुलसीपुर–१२ मा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु


लक्ष्मण बस्नेत
तुलसीपुर, ५पुस । तुलसीपुर उपमहानगरपालिका–१२ मा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ शुक्रवारदेखि सुरु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१२ को आयोजनामा संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले उद्घाटन गरेकी हुन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले स्वास्थ्यको मुख्य मेरुदण्ड खेलकुदको पहुँच ग्रामीणस्तरसम्म पु¥याउन आफू लागि परेको बताइन ।

खेलकुदलाई शिक्षा जत्तिकै महत्वपूर्ण राखिनुपर्छ भन्ने सोच उपमहानगरपालिकाको भएको भन्दै वडास्तरबाट ग्रामीणस्तरको खेलकुदलाई माथि उठाउन लागिपरेको बताइन । साथै उनले वडा अध्यक्ष कपमार्फत स्थानीयस्तरमा खेलकुदको पहुँच सबैमा पुग्ने भएकाले यसलाई अझ फराकिलो बनाएर लैजाने सोचमा उपमहानगर रहेको बताइन ।

वडा अध्यक्ष खुशीराम चौधरिको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला खेलकुद बिकास समितिका पूर्व अध्यक्ष डिल्लीबहादुर डाँगी,दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेत,जसपुर प्रहरी चौकीका ईन्चार्ज भरतनाथ योगी,समाजसेवी तेजबहादुर वली,खेलप्रेमी युवराज केसीलगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

वडा सदस्य तथा प्रतियोगिताका संयोजक शेषमणि भन्डारीको स्वागत रहेको कार्यक्रमको संचालन वडा सचिव गणेशकुमार आचार्यले गरेका थिए । शुक्रबार सम्पन्न खेलमा कपडादेवी र कचिली फुटबल टिम बिजयी भएका छन् । कपडादेवी कचिला ‘ए’ लाई १–० गोलले पराजित गर्दै बिजयी भएको हो भने कचिली ‘बी’ ले कचिला ‘बी’ लाई ४–० ले पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।

यसैबिच शनिवार बिहान हुने पहिलो खेलमा टरिगाँउ ‘ए’ र हारिपौरा ‘बी’ टिम बिच खेल हुनेछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । चार दिनसम्म संचालन हुने प्रतियोगिताको बिजेता,उपबिजेता तथा तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५५, ३० र १५ हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फका खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक शेषमणि भण्डारिले जानकारी दिएका छन् । नकाउट प्रणालीमा खेलाईएको प्रतियोगितामा वडा न १२ का ११ वटा टोल विकास सस्थाका टिमको सहभागिता रहेको छ ।