Ad Area

माध्यमिक विद्यालयस्तरिय निबन्ध लेखनमा सरस्वती मावि काठेकोल प्रथम


दाङ, ६ पुस । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घोराही नगर इकाईको आयोजनामा शनिबार घोराहीमा भएको माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिता सरस्वती माध्यमिक विद्यालय काठेकोलकी छात्रा खुशी परियार प्रथम भएकी छिन । प्रतियोगितामा गुरुकुल एकेडेमीकी छात्रा एजिना अधिकारी दोश्रो र गोरखा पब्लिक नमुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्र आरम शर्माले तृतीय स्थान हासिल गरेका छन् ।

प्रतियोगिता पृन्स पोख्रेलको संयोजन, सुश्री सुस्मिता अधिकारीको नियन्त्रकको रुपमा रहेका थिए । प्रतियोगितामा विद्यार्थी परिषद्का केन्द्रिय सदस्य शरदकुमार शर्मा, लुम्बिनी प्रदेश उपाध्यक्ष वसन्तप्रसाद रिजाल ,लुम्बिनी प्रदेश सचिव मनिष बन्जाडे, घोराही नगर सचिव किरण पोख्रेललगायत विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको थियो ।