“तिम्लाई मन पराए, के छ विचार ?”
– विकास लम्साल
बा‘ले महलजत्रै घर बनाउनुभयो
महल जस्तै घर मेरि आमाले बनाइन।
आमा एक्लैले देश बनाएकि हैनिन !
सुन्नुस तो …
नत्र भने
बा एक्लैको रेमिट्यान्सले देश कसरी बन्थ्यो?
बा‘ले अरबमा खबुज टोक्दा
आमाले भोक खट्नुपर्थ्यो
बाले रेमिट्यान्स पठाए त
भोक मेटिन्थ्यो मेरो ,आफन्त भेट्थे मैले
न पठाए ?
न भाकल हुन्थ्यो मन्दिरमा
न देउता देखिन्थ्यो ।
बन्नु पर्ने देश कहिले बन्छ ,बन्छ ? था नभएसि
आशै आशामा
बाआमाले मलाई बनाउनु भा को रे।
ए होर ।
जुम्लिस्यौ जस्तै खास्सा छौ तिमी
मैले तिम्लाई मन पराए … के छ बिचार ?
****************
मैले त यसपालि
boyfriend हैन! प्यारा
बैसालु आखाले ; थोत्रा जहाज चढेर
परदेशमा जानै नपर्ने नीति बनाउनु छ।
मेरो त मिटिङ छ। अहिले म जान्छु ।
***********
मैले बुझिन । प्रिय् !
ठ्याक्कै भन्न के खोजेकि ?
प्रष्ट पारीजाउ भो!
उनले खै कुन स्वरमा भनिन!
दिसम्बर सकिन थालिसक्यो
मैले आफ्नो बर्की भेटिन ।।
अरे ,लाटी नरौ!
मेरो पनि आठौं सेमेस्टर सकिन थाल्यो
कलेज आउदै गर्दा
काममा जादै गर्दा
मैले खोजेको बेला
न तिम्लाई भेटाए
न भेटाए मेरो एक्जोडी मोजा
नरौ तिमि ।
यो जुग नै हाम्रो बिर्सिने भो
लठ्ठी त पुर्खाले टेक्थे टेक्थे ।
बरु
सम्झेको बेला प्रियले आइलब्यु भन ।
***********
बुढेसकालमा ओढौला उलनको बर्की
नरौ न नरौ ,ए मेरि लक्ष्मी
म्वाई खाम्ला तिम्रो गालैमा
नरौ !
बर्की त भेटिसक्यो।
तर
यो देशमा जताततै कुहिरो छ!!
बरु तिम्ले न्यानो भएर ४ वटा दिसम्बर पढिदेउ
त्यसपछिका डिसेम्बर अझ न्यानो हुनेछन।