Ad Area

युवकको मृत्यु भएपछि दाङका एक होटेल संचालकसहित ११ जना पक्राउ


दाङ, १७ मंसिर । दाङका एक युवकको मृत्यु भएपछि होटेल संचालकसहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत बुधवार साथीको जन्मदिन मनाउने क्रममा अचेत अवस्थामा फेला परेका घोराही १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको बुटवलमा उपचारको क्रममा मृत्यु भएपछि घटना सार्वजनिक भएको छ ।

पौडेलको विहिवार बेलुका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिनुभयो ।उहाका अनुसार फ्रेन्ड एण्ड फेमिली होटेलमा गएको बुधवार मृतक पौडेलका साथी नविन गिरीको जन्मदिन मनाउन १६(१७ जना भेला युवाहरुभेला भएका थिए ।

उनीहरुले होटेलको तिन वटा कोठा लिएर जन्मदिन मनाएका थिए ।सोहि दिन रात परेपछि ११ जना होटेलमै बास बसेका थिए । मृतक पौडेल संगै एउटै कोठामा बसेका साथीले विहिवार विहान साढे चार बजे होटेल बाहिर अचेत अवस्थामा देखेपछि आफन्तीले खवर गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुदै थप उपचारका लागी बुटवल लगीएको र सोहि अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको उनले बताए ।

युवकको मृत्युपछि मृतकका आफन्तीले घटना संकास्पद भएको भन्दै प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । जाहेरीको आधारमा होटेल संचालक सहित ११ जनालाई पक्राउ गरी घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिएका छन् । मृतकको शवलाई बुटवलमा पोष्टमाटम गरी दाङ ल्याउने तयारी भईरहेको उनले बताए।

Blog Post Ad Blog Post Ad